default_image

9 months ago

January 25, 2024

मधेश विरुद्ध गण्डकी पराजित 

752 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिवार टियु क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेश विरुद्ध विशाल अन्तरले जित हासिल गरेको छ । मधेशले गण्डकी माथि १४५ रनको जित ठुलो हासिल गरेको हो ।

मधेशले पस्किएको ३३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३९.५ ओभरमा १९० रनमा समेटियो । गण्डकीका लागि ओपनर इश्वोर छेत्री र कमल परियारले सर्वाधिक २७-२७ रन बनाए । यस्तै कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समिर कंडेल र मुश्कान थापाले समान १८-१८ रन बनाए । 

इश्वर र समिर मिलेर पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तर त्यसपछि नियमित अन्तरालमा लगातार विकेट खसेपछि गण्डकी लक्ष्यको निकै टाढा समेटियो ।          

मधेशका लागि रंजित कुमारले ४ विकेट लिए । यस्तै कप्तान हरिशंकर शाहले ३ विकेट लिए भने प्रदिप पासवानले २ र राजेश यादवले १ विकेट लिए ।  

त्यसअघि  टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले मुख्य ब्याटर अनिल शाहको शतकको मद्दतमा निर्धारित ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३३५ रन बनाएको थियो ।  यो योगफल जारि संस्करणको सबैभन्दा उच्च योगफल समेत हो । यसअघि मधेशले नै सुदुरपश्चिम विरुद्ध सर्वाधिक ३१९ रन बनाएको थियो ।  

मधेशका लागि अनिलले १२५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १२४ रनको शतकीय इनिङ खेले । उनले १०४ बलमा शतक पुरा गरेका थिए । यसै प्रतियोगितामा उनले कोशी र सुदूरपश्चिम विरुद्ध राम्रो इनिङ खेलेपछि शतक बनाउनबाट चुकेका उनी बागमती प्रदेशका आशुतोष घिराइयालाई उछिन्दै प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको तालिकामा शीर्ष स्थानमा उक्लिएका छन् । जारी प्रतियोगितामा यो आठौं शतक पनि हो भने मधेशका लागि दोस्रो शतक हो । 

मधेशले सुरुवाती ब्याटर तथा कप्तान हरिशंकर शाहलाई दोस्रो ओभरको पहिलो बलमा नै गुमाएको थियो । २ रन बनाएको अवस्थामा उनी कृष्ण पौडेलको बलमा सन्दिप पराजुलीद्वारा क्याच आउट भएका थिए । 

अनिल र मयन यादव मिलेर दोस्रो विकेटका लागि १०५ रनको साझेदारी गरेका थिए । मयन ४४ बलमा २७ रन बनाएर २०औं ओभरमा आउट भएका थिए । चौथो नम्बरमा आएका पवन सर्राफ ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाएर सन्दिपकै बलमा क्याच आउट भए । 

त्यसपछि आउट हुने ब्याटर अनिल थिए । ३८औ ओभरमा कमल परियारको बलमा कृश ऐरको हातबाट उनी क्याच आउट भएका थिए ।  रुपेश सिंह ३५ बलमा ३२ रन बनाएर रन आउट भए ।

अरनिको यादवले विष्फोटक इनिङ खेल्दै ३४ बलमा ५ चौका र ३ छक्का सहित ६४ रनमा अविजित रहे ।  यस्तै अर्कोतर्फ अभिषेक तिवारी १९ बलमा २७ रनमा नटआउट रहे ।   

गण्डकीका लागि सन्दिप पराजुलीले १० ओभरमा ५१ रन दिँदै २ विकेट लिए । यस्तै कमल परियारले १० ओभरमा ४१ रन खर्चेर १ विकेट लिँदा कृष्ण पौडेलले १० ओभरमा ११७ रन खर्चेर १ विकेट नै लिए । कृष्ण पिएम कप इतिहासमा एकै इनिङमा सबैभन्दा बढी रन खर्चने बलर समेत बनेका हुन् ।   

मदेश ७ खेलमा ८ अंक सहित तालिकाको पाचौ स्थानमा छ । गण्डकी भने ५ खेलमा ४ अंक सहित आठौ स्थानमा छ । 

मधेश प्रदेश ८ खेलमा १० अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गण्डकी प्रदेश भने ६ खेलमा ४ अंक सहित आठौ स्थानमा यथावत छ ।  

October 23, 2024

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा आयोजना हुने महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटको लागि नेपाली युवा टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पुजा महतोको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो । छनोट प्रतियोगिता कात्तिक […]

October 23, 2024

जिम्बाब्वेले तोड्यो नेपालको कीर्तिमान

काठमाडौं(हाम्रो खेलकुद) – जिम्बाब्वेले टि ट्वान्टी आईमा सवार्धिक रन बनाउँदै नेपालको कीर्तिमान तोडेको छ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप अफ्रिका उप क्षेत्रिय छनोटमा गाम्बियाविरुद्ध ३ सय ४४ रनको योगफल तयार गर्दै नेपालको कीर्तिमान तोडेको हो । नेपालले यसअघि टि ट्वान्टी आईमा एकै इनिङमा ३ सय १४ रन बनाउदै सर्वाधिक योगफलको कीर्तिमान बनाएको थियो । […]

October 23, 2024

कुशलको ब्याटिङ वरियतामा सुधार

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलको टि ट्वान्टी आईको ब्याटिङ वरियतामा व्यापक सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ वरियतामा कुशलको स्थानमा ३१ स्थानमाथि उक्लेका छन् । नयाँ वरियतामा कुशल ९९ औं स्थानमा छन् । सोमवार अमेरिकासँगको ३ वटा टि ट्वान्टी आई सिरिज नेपालले क्लिन स्विप […]

Success

Thank you for your time.