2 years ago
January 26, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले जारि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब विरुद्ध खराब ब्याटिङ गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीको मध्यक्रम नचल्दा ४२.५ ओभरमा १७१ रनमा समेटियो ।
कर्णालीका लागि ओपनर निश्चल रावलले सर्वाधिक ५० रन बनाए । उनले १०७ बल खेल्दै ६ चौका सहित अर्धशतक बनाएर ४१औ ओभरमा रनआउट भएका थिए ।

कर्णालीको सुरुवात भने राम्रो रहेको थियो । ओपनरद्वय रबिन्द्र शाही र निश्चल रावल मिलेर पहिलो विकेटका लागि अर्धशतकिय साझेदारी गरेका थिए । कप्तान रबिन्द्रले आक्रामक सुरुवात गरेपनि अर्धशतकदेखि भने चुके । उनी ३५ बलमा ८ चौका र १ छक्का सहित ४० रन बनाउँदै १२औ ओभरमा सागर ढकालको बलमा आउट भए ।
तेस्रो नम्बरमा क्रिजमा आएका बिपिन शाही २० बलमा ४ रन बनाएर १७औ ओभरमा रनआउट भए । हिमांशु शाही पनि ८ रन मात्र बनाएर ललित नारायण राजबंशीको बलमा क्याच आउट हुदै पेभेलियन फर्किए ।
अर्जुन घर्तिले राम्रो सुरुवात गरेपनि २३ रनमा दिपेन्द्र सिंह ऐरिको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट भए । प्रकाश जैशीलाई सागर ढकालले ५ रनमा बोल्ड गरे । दिपेन्द्र रावत १८ बलमा ३ रन बनाउदै कुशल भुर्तेलको बलमा क्याच आउट भए । दिनेश अधिकारीलाई ललित भण्डारीले ३ रनमा आउट गरे । युनिश सिंह पनि उनकै बलमा शुन्यमा आउट भए ।
अन्त्यतिर दिवन पुनले ५ बलमा ३ छक्का सहित २० रनको आक्रामक पारि खेले । उनलाई सागर ढकालले आउट गरेका थिए ।

पुलिसका लागि सागर ढकालले ९.५ ओभरमा ४८ रन खर्चिंदै ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ तथा दिपेन्द्र सिंह ऐरि, ललित राजबंशी र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
नेपाल पुलिस क्लब ५ खेलमा सतप्रतिशत नतिजा सहित १० अंक बटुल्दै तालिकाको शीर्ष स्थानमा छ । कर्णाली भने ६ खेलमा ३ जित र ३ हारमा ६ अंक सहित सातौँ स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]