default_image

2 years ago

January 31, 2024

कप्तान देव आउट भए

1245 views

0 Bookmark


काठमाडौँ (हाम्रो खेलकुद) – दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट पतन भएको छ ।

३१ ओभरको समाप्तीमा नेपालले ४ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । विशाल विक्रम केसीले २९ र गुलशन झा १ रनमा नकआउट छन् ।

देव ३५ रन बनाएर आउट भएका छन् । २८ औं ओभरको चौथो बलमा उनी जिशान आलमको बलमा आउट भएका हुन् । चौथो विकेटका लागि देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए । ६० बलमा देवले ३ चौका प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा ३ विकेट गुमाएको थियो । १० ओभरको समाप्तिमा नेपालले ३५ रनमा ३ विकेट गुमाएको थियो । नेपालका ओपनर द्वय अर्जुन कुमाल, विपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किएका थिए ।

विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए । त्यसपछि आउट हुने आकाश त्रिपाठी थिए । उनी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आठौ ओभरको पाचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए ।

नेपालको प्लेइङ ११
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.