default_image

2 years ago

January 31, 2024

कप्तान देव आउट भए

1247 views

0 Bookmark


काठमाडौँ (हाम्रो खेलकुद) – दक्षिण अफ्रिमा जारी आईसिसी यु–१९ विश्वकप अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा बंगलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट पतन भएको छ ।

३१ ओभरको समाप्तीमा नेपालले ४ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ । विशाल विक्रम केसीले २९ र गुलशन झा १ रनमा नकआउट छन् ।

देव ३५ रन बनाएर आउट भएका छन् । २८ औं ओभरको चौथो बलमा उनी जिशान आलमको बलमा आउट भएका हुन् । चौथो विकेटका लागि देव र विशाल विक्रम केसीले ६२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरेका थिए । ६० बलमा देवले ३ चौका प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो पावरप्लेमा ३ विकेट गुमाएको थियो । १० ओभरको समाप्तिमा नेपालले ३५ रनमा ३ विकेट गुमाएको थियो । नेपालका ओपनर द्वय अर्जुन कुमाल, विपिन रावल र तीन नम्बरमा आएका आकाश त्रिपाठी पेभेलियान फर्किएका थिए ।

विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए । त्यसपछि आउट हुने आकाश त्रिपाठी थिए । उनी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आठौ ओभरको पाचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए ।

नेपालको प्लेइङ ११
अर्जुन कुमाल, विपिन रावल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), विशाल विक्रम केसी, गुलशन झा, दिपक बोहोरा, दीपेश कंडेल, सुभाष भण्डारी, आकाश चन्द, दुर्गेश गुप्ता

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.