default_image

2 years ago

February 4, 2024

ओडीआई डेब्यु नगरेका ४ युवा खेलाडी टोलीमा

3151 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडाविरुद्ध हुने एकदिवसीय सिरिज र अर्को साता सुरु हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजका लागि प्रशिक्षक मोन्टि देशाइले कप्तान रोहित पौडेलको नेतृत्वमा दुई फरक टोली घोषणा गरेका छन् ।

क्यानडाविरुद्ध सिरिजमा युवा खेलाडी र नयाँ अनुहारले अवसर पाउँदा लिग-२ को लागि बलियो टोलीको घोषणा भएको छ । दुवै खेलका लागि १५ सदस्यीय टोली सार्वजनिक गरिएको छ । क्यानडाविरुद्ध हुने तीन खेलको सिरिजमा ३ नयाँ अनुहारसहित ४ डेब्यु गर्न बाँकी रहेका खेलाडी टोलीमा रहेका छन् ।

नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ । त्यस्तै फेब्रुअरी १५ देखि २५ सम्म नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग-२ को पहिलो त्रिकोणात्मक सिरिज हुनेछ ।

क्यानडा सिरिजका लागि नेपाल यू-१९ कप्तान देव खनालसहित तीव्र गतिका आकाश चन्द र विश्वकप गुमाएका हेमन्त धामी टोलीमा रहेका छन् । त्यस्तै बागमती प्रदेशका बायाँ हाते बलर रिजन ढकाल र स्पिनर सूर्य तामाङ पनि टोलीमा छन् । देवबाहेक अन्य ४ युवा खेलाडीले भने ओडीआई डेब्यु गर्न बाँकी छ ।

देव र आकाशले यू-१९ विश्वकपमा प्रभाव जमाएका कारण टोलीमा स्थान बनाएका हुन् । त्यस्तै हेमन्त भने चोटका कारण विश्वकपमा नगएपनि नेपालमै रहेर रिह्याब गरिरहेका थिए । उनलाई प्रशिक्षक देशाइले विगतमा नेट्समा पनि हेरेका थिए । रिजन र सूर्य पीएम कपमा प्रभाव जमाएपछि टोलीमा आएका हुन् । रिजनले बायाँ हाते बलरको भूमिकामा आफ्नै प्रदेशका प्रतिसलाई पछि पारेका हुन् ।

क्यानडा सिरिजका लागि पवन सर्राफ र अनिल शाहले टोलीमा पुनरागमन गरेका छन् । पवन लिग-२ टोलीमा पनि समावेश छन् ।

क्यानडा सिरिजमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायतलाई विश्राम दिइएको छ । विकेटकिपर अर्जुन साउदको नाम पनि क्यानडा सिरिजको टोलीमा छैन ।

त्यस्तै त्रिकोणात्मक सिरिजका लागि भने युवा खेलाडीमा सूर्य तामाङ र रिजन ढकाल टोलीमा कायम छन् । आकाश चन्द र हेमन्त धामी बाहिर रहँदा देव वैकल्पिकमा छन् ।

पवन लिग-२ टोलीमा पर्दा विकेटकिपर अनिलसँगै प्रतिस जिसी र विवेक यादव पनि वैकल्पिक छन् ।

क्यानडा सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल शाह

लिग-२ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, रिजन ढकाल

वैकल्पिक : प्रतिस जिसी, देव खनाल, अनिल शाह, विवेक यादव

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.