2 years ago
February 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न आउन लागेको क्यानडा टोलीले नेपाल ए विरुद्ध पनि सिरिज खेल्ने भएको छ ।
नेपालको सिनियर टोली र क्यानडाबीच फेब्रुअरी ८ देखि १२ सम्म ओडीआई सिरिज हुँदैछ । क्यानडाले यसपछि नेपाल नै रहेर तयारी गर्ने तालिका बनाएको छ । त्यसका लागि नेपाल ए विरुद्ध सिरिज खेल्ने बुझिएको छ । नेपालको सिनियर टोली लिग-२ मा व्यस्त रहँदा मुलपानी मैदानमा नेपाल ए को खेल आयोजना गर्न क्यानले तयारी गरिरहेको छ । यद्यपि सिरिज कुन फर्म्याट र कति लामो हुने टुंगो लागिसकेको छैन ।
क्यानडा हिजो मात्र हङकङमा मलेसियासँग त्रिकोणात्मक एकदिवसीय सिरिजको फाइनलमा पराजित भएर नेपाल आउने क्रममा छ । टोली मंगलबार साँझ नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । क्यानडाले नेपालमा तयारी गरेपछि मार्च पहिलो साता यूएई पुगेर लिग-२ को पहिलो सिरिज खेल्नेछ ।
यता क्यानले भने नेपाल ए टोलीको घोषणा छिट्टै गर्ने भएको छ । प्रधानमन्त्री कपको उत्कृष्ट खेलाडी तथा राष्ट्रिय टोलीमा पर्दै आएका खेलाडी समेटेर नेपाल ए निर्माण गर्ने योजना रहेको छ । यसमा यू१९ टोलीका खेलाडी पनि पर्ने बलियो सम्भावना छ ।
नेपालको सिनियर टोलीले क्यानडा ओडीआई सिरिज र लिग-२ त्रिकोणात्मक सिरिजपछि नामिबिया र नेदरल्यान्ड्ससँग नै टि२०आई सिरिज खेल्दैछ । त्यसपछि टोलीले हङकङमा ४ देश सम्मिलित टि२०आई सिरिज र अप्रिलमा ओमानमा एसीसी प्रिमियर टि२० कप पनि खेल्ने तालिका छ ।
यसबारे प्रशिक्षक मोन्टी देशाइसँग गरिएको कुराकानी यसप्रकार छ :
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]