2 years ago
February 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल कुमार शाहले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक प्रहार गरेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार क्यानडाविरुद्ध जारी दोस्रो ओडीआईमा अनिलले १९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले आसिफ शेखले पिएनजीविरुद्ध गत वर्ष २१ बलमा अर्धशतक बनाएको कीर्तिमान तोडेका हुन् ।
अनिल अर्धशतक पूरा गरेको अर्को बलमा आउट भए । उनी इश्वरजोत सोहिको एलबीडब्लु धरापमा परे । २० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन जोडेका थिए ।
त्यसअघि पाँचौ ओभरको अन्तिम बलमा आसिफ शेख आउट भएका थिए । उनी १६ बलमा १० रन जोड्दै सोहिकै बलमा क्याच आउट भए । पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि नेपालले लगातार २ विकेट गुमाएको हो ।
नेपाल ८ ओभरमा ६५ रन जोडेर खेलिरहेको छ । क्रिजमा कप्तान रोहित पौदले र देव खनाल १-१ रनमा छन् ।
नेपाल सिरिज जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याइरहेको छ । क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]