2 years ago
February 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल विहीबारदेखि सुरु हुने आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि टोलीमा समेटिएका छन् ।
क्यानडाविरुद्ध खेलिएको ओडीआई सिरिजमा उच्च प्रदर्शन गरेपछि नेपालले यसअघि घोषित टोलीमा दुई परिवर्तन गर्दै नयाँ १५ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि घोषित टोलीमा अनिल र देव थपिंदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन् ।
क्यानडा सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झा लगायत टोलीमा फर्किएका छन् । दीपेन्द्र हाल यूएईमा चलिरहेको आइएलटि२० मा गल्फ जायन्टसबाट खेलिरहेकाले पहिलो खेल गुमाउनेछन् ।
लिग-२ त्रिकोणात्मक सिरिज : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ
नेपालले लिग-२ अन्तर्गत पहिलो खेल विहीबार नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । सबै खेल कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विहान ९:१५ बजे सुरु हुनेछ ।
लिग-२ को अन्तिम खेल तालिका:
१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया
१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया
२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]