2 years ago
February 15, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग-२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ ।
गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए ।
नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ ।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ
नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर
लिग-२ को अन्तिम खेल तालिका:
१५ फेब्रुअरी विहीबार – नेपाल विरुद्ध नामिबिया
१७ फेब्रुअरी शनिबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
१९ फेब्रुअरी सोमबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२१ फेब्रुअरी बुधबार – नेपाल विरुद्ध नामिबिया
२३ फेब्रुअरी शुक्रबार – नामिबिया विरुद्ध नेदरल्यान्ड्स
२५ फेब्रुअरी आइतबार – नेपाल विरुद्ध नेदरल्यान्ड्स
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]