8 months ago
February 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ ले एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ बाट २ सय ४१ रनको बलियो लक्ष्य पाएको छ ।
मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो । राम्रो सुरुवात गरेको क्यानडाले मध्यक्रममा स्पिनविरुद्ध रनको लागि संघर्ष गरेको थियो ।
श्रेयस मोभाले मध्यक्रममा उत्कृष्ट ब्याटिङ गर्दै ८२ बलमा ६८ रन जोडे । ५ चौका प्रहार गरेका उनी अन्तिम ओभरमा मिड अफमा क्याच आउट भएका थिए ।
मोभासँगै क्यानडाका लागि ओपनरद्वय आरोन जोन्सन र सृमन्थ विजयरत्नेसँगै नवनित धलिवलले राम्रो ब्याटिङ गरे । नेपालका लागि साहब आलमले ३ विकेट लिए । शेर मल्ल र राशीद खानले २-२ तथा सागर ढकाल र बसिर अहमंदले १-१ विकेट लिए ।
पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरेपछि १२औं ओभरको तेस्रो बलमा आरोन जोन्सन आउट भए । उनी सागर ढकालको एलबीडब्लु धरापमा परे । जोन्सनले ३८ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा निकोलस किर्तन ७ रन जोड्दै साहब आलमको बलमा बोल्ड भए ।
विजयरत्नेले २१ रनमा रहँदा जीवनदान पाएका थिए । सागर ढकालले फालेको दशौं ओभरको पाँचौ बलमा कभरमा रहेका विवेक यादवले डाइभ दिँदै क्याच समाउन सकेनन् । उनी २० औं ओभरमा शेर मल्लको एलबीडब्लु धरापमा परे । उनले ५७ बलमा ६ चौकासहित ४६ रन बनाए ।
हर्ष ठाकर ८ रन जोड्दै बसिर अहमदको बलमा एलबीडब्लु आउट भए । त्यसबेला क्यानडा १०४-४ को स्थितिमा थियो । पाँचौ विकेटका लागि धलिवल र मोभाले ६६ रनको साझेदारी गरे । धलिवल ४६ रन जोड्दा साहबको बलमा बोल्ड हुँदा लगातार अर्धशतक बनाउनबाट चुके ।
कप्तान साद खाता नखोली शेर मल्लकै शिकार बने । निखिल दत्तले ८ र डिलोन हेलीगरले १६ रनको योगदान दिए ।
नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका थिए । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गरिरहेका छन् ।
नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन् ।
पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्ला/प्रदेश फेसबुक पेजबाट गरिएको छ ।
नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल
बेन्च : सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी
क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद
बेन्च: दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – आगामी महिना हुने १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्ड र अस्ट्रेलियासँग एकै समूहमा परेको छ । द हङकङ क्रिकेट सिक्सेस आज जारी गरेको समूह विभाजनमा नेपाल अस्ट्रेलिया र इङ्ग्ल्यान्डसँग एकै समूहमा परेको हो । प्रतियोगिताको खेलतालिका पनि बुधवार नै जारी भएको छ । प्रतियोगितामा नेपालको पहिलो खेलमा इङ्ग्ल्यान्डसँग […]
October 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले चौथो अभ्यास खेलमा क्यानडा हाइ पर्फर्मेन्स टिमलाई पराजित गरेको छ । क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले बुधवार बिहान सकिएको अभ्यास खेलमा २ विकेटको जित निकालेको हो । १ सय ९५ रनको लक्ष्य नेपालले ४६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९, आरिफ शेखले […]
October 8, 2024
एजेन्सी – पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा विशाल योगफल तयार गरेको छ । ३ खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्ड पाकिस्तान भ्रमणमा छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो इनिङको समाप्तीमा तीन शतकको सहयोगमा ५ सय ५६ रनको विशाल योगफल तयार गरेको छ । घरेलु टोलीका कप्तान शान मक्सुद, […]