2 years ago
March 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनलमा भिड्ने भएका छन् ।
मुलपानी क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा पाँचपोखरी क्रिकेट क्लबले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३५ रनले हराउँदै फाइनलमा स्थान पक्का गर्यो । सार्थक धितालले अर्धशतकसँगै ४ विकेटको सानदार अलराउन्ड प्रदर्शन गरेपछि पाँचपोखरी फाइनलमा स्थान बनाउन सफल भएको हो ।
प्लेयर अफ द म्याच चुनिएका सार्थकले ब्याटिङतर्फ अर्धशतक प्रहार गरेपछि पाँचपोखरीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । उनले ४४ बलमा ५० रन जोड्ने क्रममा ५ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगरले १६ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाए । आर्यन धितालले २८ रन जोडे ।
सार्थकले घातक बलिङ गरेपछि जवाफी ब्याटिङमा उत्रिएको हिमालयन १९ ओभरमा १ सय १९ रन जोड्दै अलआउट भयो । उनले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिएका थिए । हिमालयनका ओपनरद्वय पासाङ तामाङले ३३ र आर्या तामाङले २५ रन जोड्नुबाहेक अन्यले खासै प्रभाव जमाउन सकेनन् ।
त्यसअघि ह्योल्मो-११ ले मेलम्ची नगरपालिकालाई १० विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । पहिलो ब्याटिङ गरेको मेलम्ची १८.५ ओभरमा ९२ रनमा समेटियो । सोनु देवकोटाले २९ रन जोड्नुबाहेक अन्यले खराब ब्याटिङ गर्दा ह्योल्मोले सहज लक्ष्य पाएको थियो ।

ओपनरद्वय विनोद तामाङ र नाम्गिल शेर्पाले १० ओभरमै विजयी लक्ष्य पूरा गरे । प्लेयर अफ द म्याच चुनिएका विनोदले नटआउट ६० रन बनाए । उनले ३८ बलमा ९ चौका प्रहार गरे । त्यस्तै नाम्गिल २२ बलमा ३ चौकासहित २६ रनमा नटआउट रहे ।
प्रतियोगिताको फाइनल खेल शनिबार विहान ११ बजे मुलपानी क्रिकेट रंगशालामा हुनेछ । खेलको प्रत्यक्ष प्रसारण काष्ठमण्डप टिभीले गर्नेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]