2 years ago
March 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने टोलीमा कुनै परिवर्तन गरेको छैन ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएका छन् । यसक्रममा लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोलीनै आज खेल्नेछ ।
नेदरल्यान्ड्सले भने पछिल्लो खेलबाट २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख
नेदरल्यान्ड्सको टोली :
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]