2 years ago
March 28, 2024
सुमन अधिकारी,बुटवल
नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् ।
जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर क्रिकेट एकेडेमी कास्कीलाई २ विकेटले हरायो।
दोस्रो खेलमा धनगढीले न्यु होराईजन स्पोर्टस क्लब, बुटवललाई २१ रनले पराजित गरेको हो ।
रुपन्देहीको तिलोत्तमा निमार्णाधिन एक्स्ट्रा टेक ओभल अन्तराष्ट्रिय क्रिकेट मैदान भैरहेको प्रतियोगिताको दिनको पहिलो खेलमा टस हारेको सेन्टर क्रिकेट एकेडेमी कास्कीले व्याटिङको निम्तो पाएको थियो । जसमा कास्कीले क्रिकेट एक्सलेन्स सेन्टर, काठमाण्डौलाई जितका लागि ९७ रनको लक्ष्य दिएको थियो । आफुले पाएको लक्ष्य काठमाडौंले ८ विकेटको क्षतिमा सहजै पूरा गर्यो ।
कास्कीले जोय गुरुङको २३, करण पंगेनीको १९, सरोज खत्रीको १५ तथा रुपेश थापाको १० रनको मद्दतमा २५ ओभरमा सबै विकेट गुमाउदै ९६ रन बनाएको थियो । कास्कीलाई ९६ रनमा समेट्ने क्रममा सिइसीका समिर विष्ट, समित बुढा र सन्नी शाहले समान २ विकेट लिएका हुन् ।
जितका लागि ९७ रनको लक्ष्य सिइसी, काठमाडौले ८ विकेटको नोक्सानीमा लक्ष्य भेटाएको थियो । उसका लागि बिरेन्द्रले १९, हेमराज सापकोटाले १६ तथा समिर बिष्टले १६ रन जोडे। सिइसीका समिर विष्ट म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको धनगढी सबै विकेट गुमाउदै ७३ रनमा समेटिएको थियो । उसका लागि अशोक धामीले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्। धनगढीलाई सस्तोमा समेट्ने क्रममा न्यु होराईजनका सुरज खड्काले ४, सन्तोष यादव, निर्मल गुरुङ र बिपर्सन केसीले समान २ लिएका थिए ।

जितका लागि ७४ रनको झिनो लक्ष्य पछ्याएको न्यु होराईजन मात्र ५२ रनको स्कोरमा अल आउट हुन पुग्यो । उसका लागि अन्कित बिएमले २३ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन ।
धनगढीका जिताउने क्रममा सौर्य श्रेष्ठले ४, सचिन मल्ल र अशोक धामीले समान २ विकेट लिए । खेलमा धनगढीका सौर्य श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार पहिलो खेल धनगढी क्रिकेट क्लब र सेन्टर क्रिकेट एकेडेमी कास्की तथा दोस्रो खेल सिइसी काठमाण्डौ र न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवलबीच हुनेछ ।
प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमिफाईनल र फाइनल खेल ४० ओभरको खेलाउने प्रतियोगिताका संरक्षक शक्ति गौचनने बताएका छन् । प्रतियोगिताको उपाधि विजता टिमले ५० हजार र दोस्रो टोलीले २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगितामा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, पल्सर सिइसी काठमाडौ, डिष्ट्रिक एशोसियसन अफ कास्की, डिसिए धनगढी र न्यु होराईजन स्पोर्ट्स क्लब, बुटवल गरि ८ टोलीको सहभागिता छ । प्रतियोगिताको फाइनल चैत २० गते हुने छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]