2 years ago
April 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – लगातार तेस्रो जित दर्ता गर्दै नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनल प्रवेश गरेको छ । तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा २२ रन चाहिएकोमा प्रतिश जिसीले सुरुवातमा वाइड गरे । त्यसपछि लगातार दुई बलमा हर्ष देसाईले दुई चौका प्रहार गरे । तेस्रो बलमा उनले एक रन मात्र प्रहार गर्न सके । त्यसपछिको तीन बलमा मात्र तीन रन आएपछि नेपालले जित दर्ता गर्न सफल रह्यो ।
गुजरातका लागि कप्तान उमङ्ग रोहितकुमारले २४ बलमा सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले १६ बलमा २९ रन प्रहार गरे । अभिषेक देसाईले २० तथा प्रियेश पटेलले १७ रन जोडे ।
नेपालका लागि सोमपाल कामी, गुलशन झा र कुशल मल्लले समान २-२ विकेट लिए । विवेक यादवले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट १८१ गुमाउँदै रन बनायो ।नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ८५ रन बनाए । उनले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै १८औं ओभरमा पेभेलियन फर्किएका थिए ।
नेपालको सुरुवात नै उत्कृष्ट रहेको थियो । पहिलो विकेटका लागि कुशल भुर्तेल र आशिफ शेख मिलेर १२५ रनको साझेदारी गरे । सो साझेदारी कुशल ४४ बलमा ९ चौका र २ छक्का सहित ६७ रन बनाएर १४औं ओभरमा आउट भएपछि टुटेको थियो ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहित कुमार पौडेल ७ बल खेल्दै ३ रन बनाएर १६औं ओभरमा आउट भए । त्यसपछि आएका सन्दिप जोरा र कुशल मल्ल क्रमसः २ र १ रनमा आउट भए ।
अन्तिम ओभरमा थप दुई विकेट खस्यो । गुलशन झा ४ र अनिल कुमार शाह बिना कुनै रन ध्रुशान्त सोनीको शिकार बने । विवेक कुमार यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे । गुजरातका लागि जयमित पटेलले ३ तथा ध्रुशान्त सोनी र आर्य देसाईले समान २-२ विकेट लिए ।
नेपालको ३ खेलमा ६ अंक भएको छ । गुजरातको ३ खेलमा २ अंक छ भने बरोडा अंकविहिन छ ।
नेपालले पहिलो खेलमा गुजरातलाई नै ८ विकेटले हराएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दा गुजरात ९८ रनमा अल आउट भएको थियो ।
उक्त खेलमा गुलसन झाले चार, करण केसीले ३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए । जवाफी ब्याटिङमा कप्तान रोहित ३३ र अनिल साह ३२ रनमा नटआउट रहे ।दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले पराजित गरेको थियो ।
बरोडाले १ सय ४२ रन जोड्ने क्रममा परीक्षित पाटिडारको सर्वाधिक ३७ र अभिमन्यु राजपुतले ३२ रनको साथ पाएको थियो । गुजरातले १८ ओभरमा लक्ष्य पूरा गरेको थियो ।तेस्रो खेलमा हिजो नेपाल २७ रनले विजयी भएको थियो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडाले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर १२९ रन मात्र जोड्यो । एक अवस्थामा २२-५ रहेकोमा बरोडाले इनिङ सम्हालेर सम्मानजनक स्कोर सम्म आफूलाई पुर्याएको थियो ।
नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।
एसएमएस फ्रेन्डसिप कप तालिका:
मार्च ३१ : नेपाल – गुजरात : नेपाल ८ विकेटले विजयी
अप्रिल १ : गुजरात – बरोडा : गुजरात ५ विकेटले विजयी
अप्रिल २ : नेपाल – बरोडा : नेपाल २७ रनले विजयी
अप्रिल ३ : नेपाल – गुजरात : नेपाल ८ रनले विजयी
अप्रिल ४ : बरोडा – गुजरात
अप्रिल ५ : नेपाल – बरोडा
अप्रिल ७ : फाइनल (शीर्ष २ टोली)
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]