default_image

1 month ago

April 7, 2024

नेपाल ‘ए’ ले टस हार्यो

2623 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी एकदिवसीय सिरिजको अन्तिम खेलमा टस हारेको छ ।

वल्भ्स कप्तान निल रकले टस जितेर ब्याटिङ रोजेको हुन् । नेपालले पहिलो फिल्ड गर्दैछ । नेपालले आजको खेलमा ४ परिवर्तन गरेको छ । आरिफ शेख, श्याम ढकाल, कमल सिंह ऐरी र बसिर अहमद बेन्चमा छन् । वल्भ्सले पनि टोलीमा ३ परिवर्तन गरेको छ ।

नेपालले सिरिजको सुरुवाती दुवै खेल हारिसकेको छ । टि२० सिरिजमा २-१ को नतिजा निकालेको नेपाल ए एकदिवसीयमा पनि सोही नतिजा दोहोर्याउने सुरमा हुनेछ ।

नेपालको टोली :

विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, साहब आलम, रंजित कुमार, रुपेश सिंह, रिजन ढकाल र विकास आग्री

आयरल्यान्ड वल्भ्स :

निल रक, केड कार्माइकल, स्टेफन डोहनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, जेम्स मकलम, पिजे मुर, मोर्गन टपीङ, बेन ह्वाइट

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

Success

Thank you for your time.