2 years ago
April 12, 2024
मस्कट (हाम्रो खेलकुद) – गत संस्करणको उपविजेता युएईले एसीसी मेन्स प्रिमियर कप २०२४ मा सानदार सुरुवात गरेको छ । कुवेत माथि ७ विकेटको फराकिलो जित दर्ता गर्दै युएईले समूह बि मा दुई अंक जोड्न सफल भएको हो ।
कुवेतले दिएको १७९ रनको बलियो लक्ष्य युएईले १७.३ ओभरमै ३ विकेट मात्र गुमाएर भेटाउन सफल रह्यो ।
युएईका लागि आलिशान शराफुले ४८ बलमा ८ चौका र ५ छक्का सहित ९० रन बनाउँदै विष्फोटक इनिङ खेल्दै टोलीलाई जित दिलाए । यस्तै आशिफ खानले पनि समान ४८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७४ रनमा अविजित रहे ।
२६ रनमा ३ विकेट गुमाएको अवस्थाबाट इनिङ सम्हालेका यी दुई ब्याटरले १५३ रनको विशाल साझेदारी समेत गरे । युएईका कप्तान मोहम्मद वासिम र तनिश सुरी दुवै शून्य रनमा आउट भएका थिए भने विष्णु सुकुमरणले ११ रन जोडेका थिए ।
कुवेतका लागि शाहरुख कुडुसले २ तथा यासिन पटेलले १ विकेट लिए ।
त्यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७८ रनको बलियो योगफल बनाएको थियो ।

कुवेतका लागि क्लिन्टो अन्टोले २३ बलमा ५४ रन बनाएका थिए भने उसमान पटेलले २७ रन बनाए । यस्तै मीत भवसरले २५ तथा बिलाल ताहिरले २३ रन जोडे ।
युएईका लागि अलि नसिरले र बसिल हामिदले समान ३-३ विकेट लिए भने आयन खान र मुहम्मद फरुकले १-१ विकेट लिए ।
आज नै प्रतियोगितामा थप दुई खेल हुँदै छन् । नेपाली समय अनुसार ४:१५ बजे नेपाल र मलेसिया भिड्दा कतार र हङकङ पनि भिड्नेछन् । यस समूहमा साउदी अरब पनि रहेको छ । युएई र कुवेत रहेको समूह बी मा ओमान, बहराइन र कम्बोडिया रहेका छन् ।
दुवै समूहबाट शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता मात्र एसिया कपका लागि छनोट हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]