default_image

1 year ago

April 19, 2024

नाटकीय खेलमा मुम्बईको जित

3095 views

0 Bookmark

एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ ।

पञ्जाबको लागि आठौं क्रमका ब्याटर आशुतोष शर्माले ६१ रन बनाएपनि जितको लागि प्रयाप्त भएन । मुम्बइको जितमा सूर्य कुमारले अर्धशतकीय पारी खेले । मुम्बईका जसप्रित बुमराह र जेराल्ड कोएट्जेको बलिङ महत्वपुर्ण रह्यो।

जितको लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै गुमाउँदै १ सय ८३ रनमा समेटियो । पञ्जाबले बिर्सनलायक सुरूवात गर्यो। मात्र १४ रन जोड्दा उसले पहिलो क्रमका ४ महत्वपूर्ण खेलाडी गुमाइसकेको थियो । प्रभसिमरन सिंह विना कुनै रन आउट भए । उनी आउट भएपछि राइली रूसो र १ रनमा, साम कुरान ६ रनमा र लायम लिभिङस्टोन पनि मात्र १ रनमा आउट भए ।

यतिखेर पञ्जावले १३ रन बटुल्दा ४ विकेट गुमाइसकेको थियो । पहिलो चार विकेट जसप्रित बुमराह र जेराल्ड कोएट्जेले चट्काए । उनीहरूले समान २ विकेट लिएपछि पञ्जाब संकटमा पर्यो । लगतै हरप्रित सिंह पनि १३ रनमा श्रेयस गोपालद्वारा कट एण्ड बोल्ड भए । सशांक सिंह पनि ४१ रनमा आउट भए । यतिखेर १ सय ११ रनको स्थितिमा पञ्जाबले ७ विकेट गुमाइसकेको थियो ।

तर यो कठिन स्थितिमा आठौं क्रमका आशुतोष शर्माले अपत्यारिलो प्रदर्शन गरे । उनी क्रिजमा जमे र आक्रमक ब्याटिङका साथ पञ्जाबलाई जिततर्फ डोरयाउन भरपुर कोशिस गरे । तर उनी १८औं ओभरको पहिलो बलमा आउट भए । जेराल्ड कोएट्जेले महत्वपूर्ण विकेट लिए ।

आशुतोषले हरप्रित ब्रारसँग आठौं विकेटको लागि ५७ रनको साझेदारी गरे। यो क्रममा अर्धशतक पनि बनाए । २८ बल खेल्दै ७ छक्क र २ चौका सहित ६१ रनको योगदान दिए । तर यो योगदान जितको लागि प्रयाप्त भएन । हरप्रित ब्रार, जितेश शर्मा ९ रनमा र हर्षल पटेल १ रनमा आउट भएसँगै पञ्जाबले ९ रनको हार बेहोर्यो।

बलिङमा जसप्रित बुमराह र जेराल्ड कोएट्जेले समान ३ विकेट लिए। जसप्रितले ४ ओभरमा २१ रन मात्र खर्चिए भने जेराल्डले ३२ रन दिए। त्यसअघि टस जितेर पञ्जाबले पहिले फिल्डिङ रोज्यो । ब्याटिङमा उत्रिएको मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनायो।

ओपनर इशान किसन मात्र ८ रनमा कागिसो रबडाको बलमा हरपित ब्रारद्वार क्याच आउट भए । पहिलो विकेट सुरूवातमै गुमाउँदा मुम्बईले १८ रन मात्र बनाएको थियो । तर दोस्रो विकेटको लागि रोहित शर्मा र सूर्य कुमार यादवले ८१ रनको साझेदारी गरे। रोहित ३६ रनमा आउट भए ।

सूर्य कुमारले अर्धशतकीय पारी खेले । ५३ बल खेल्दै ७ चौका र ३ छक्का सहित ७८ रनको पारी खेले । त्यसपछि तिलक बर्मा अविजित ३४ रनमा क्रिजमा रहे। कप्तान हार्दिक पाण्डयाले १० र टिम डेबिटले १४ रन जोडे । बलिङमा हर्षल पटेलले ४ ओभर बलिङ गर्दै सर्वाधिक ३ विकेट लिए । यस्तै साम कुरानले २ र कागिशो रबाडाले १ विकेट आफ्नो नाममा लेखाए ।

मुम्बईको यो तेस्रो जित हो र ६ अंक सहित सातौं स्थानमा छ। पछिल्लो ३ खेलमा लगातार हार बेहोरेको पञ्जाब ४ अंक सहित नवौं स्थानमा छ। आइपिएलमा शुक्रबार लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।

July 18, 2025

न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – न्युजिल्याण्डले जिम्बाब्वेमा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा लगातार दोस्रो जित हात पारेको छ । जिम्बाब्वेको हरारेमा शुक्रवार न्युजिल्याण्डले घरेलु टोलीमाथि ८ विकेटको सहज जित हात पारेको हो । १ सय २१ रनको सहज लक्ष्य न्युजिल्याण्डले १३.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ‘प्लेयर अफ द म्याच’ भएका डेभोन कन्वेले […]

July 18, 2025

नेपाली २० क्रिकेटरले भारतको एनसिएमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका २० क्रिकेटर सहितको टोली भारतमा क्रिकेट प्रशिक्षणका लागि जाने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार भारतीय दुताबासको सहकार्य तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) को सहयोगमा बैंगलुरुमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा प्रशिक्षणका लागि जाने बताएको छ । प्रशिक्षणका लागि २० नेपाली क्रिकेटर सहभागी हुनेछन् । […]

July 17, 2025

तिरहुतलाई सप्तरी प्राइड लिगको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – तिरहुत टाइगर्सले लगातार दोश्रो पटक सप्तरी प्राइड लिग को उपाधि जितेको छ। टाइगर्सले बिहिवार भएको फाइनलमा राजविराज राजदेवी रोयल्स लाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य तिरहुतले १५.३ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो। टाइगर्सका ओपनर भोला […]

Success

Thank you for your time.