default_image

2 years ago

April 20, 2024

लुम्बिनी तेस्रो जितसहित शीर्षस्थानमा कायम

519 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा शनिबार लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले हराएको छ।

लुम्बिनीको यो तेस्रो जित हो र ६ अंक सहित अंक तालिकाको शीर्षस्थानमा रहेको छ। लुम्बिनीको जितमा कप्तान देव खनालले ४५ रन बनाए।

जितको लागि १ सय ३९ रनको मध्यम लक्ष्य पछाएको कोशी प्रदेश १९.४ ओभरमा मात्र ८८ रनमा अल आउट हुँदै ५० रनको हार बेहोर्न बाध्य भयो।

कमजोर ब्याटिङ प्रदर्शन नै हारको कारण बन्यो। टप र मिडल अर्डरका खेलाडीहरूले निराशाजनक प्रदर्शन गरे। ३६ रनको स्थितिमा कोशीले ६ विकेट गुमाईसकेको थियो।

यसपछि आठौं क्रमका समिर कार्कीले सर्वाधिक २३ रन र सौजन घिमिरेले १६ रन बनाए। कप्तान अंकित सुवेदीले ११ रन जोडे। यी तीन बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो रन छुन सकेनन्।

कोशीलाई ८८ रनमा रोक्न देव, अभिषेक गौतम र नर सार्कीले २/२ विकेट झारे। यस्तै निर्मल गुरूङ र कृष्ण कार्कीले एक एक विकेट लिए।

माथिल्लो मुलपानी मैदानमा त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३८ रन बनायो।

पहिलो विकेटको लागि ४३ रनको साझेदारी गर्ने क्रममा मृनाल गुरूङले कप्तान देवलाई साथ दिए। मृनाल मात्र ६ रनमा आउट भए। लगतै नर विना रन दीपेश कँडेलको बलमा बोल्ड आउट भए।

देव भने ४५ रन जोडी तेस्रो विकेटको रूपमा पबिलियन फर्किए। उनले २२ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। त्यसपछि दिलसाद अलिले १७ रन बनाउँदा विराट भण्डारी नटआउट १६ रनमा क्रिजमा रहे। आकाश त्रिपाठी र सुनिल भण्डारीले समान १४ रन बटुले।

बलिङमा दीपेश कँडेलले २ तथा फिर्दोष अन्सारी, श्रवण यादव, अंकित सुवेदी, सौजन घिमिरे र ज्ञानेन्द्र श्रेष्ठले १/१ विकेट लिए।
४ खेलमा तेस्रो जितसहिय लुम्बिनी अंक तालिकाको शीर्षस्थानमा कायमै रहेको छ। कोशी प्रदेशको भने यो लगातार दोस्रो हार हो।

प्रतियोगिता अन्तर्गत भोलि कोशी र सुदूरपश्चिम तथा कर्णाली र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.