2 years ago
April 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले ले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा दोस्रो जित निकालेको छ । मधेश प्रदेशलाई आइतबार ६ विकेटले हराउँदै कर्णालीले दोस्रो जित हात पारेको हो । मधेशको यो लगातार दोस्रो हार हो । कर्णालीको जितमा विपिन रावलले ४१ रन जोडे।
जितको लागि १ सय २१ रनको लक्ष्य कर्णालीले १५.३ ओभरमा ४ विकेटको नोक्सानीमा सहजै पूरा गर्यो । कर्णालीको जितमा विपिन रावलले ४० बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतले ४१ रन बनाए । हिमान्सु शाही नटआउट ३२ रनमा रहे । रविन्द्र शाहीले १४ रन जोडे । बलिङमा मधेशका प्रदीप पासवान र अभिषेक तिवारीले २/२ विकेट लिए।\

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले संघर्ष गर्दै ९ विकेट गुमाएर १ सय २० रन जोड्यो । मयान यादवले सर्वाधिक ३६ रन बनाए भने दशौं क्रमका विशाल पटेलले नटआउट ३२ रन बनाए । प्रदीपले १८ रन जोडे। यी तीन बाहेक अन्यले दोहोरो रन छुन सकेनन् ।
बलिङमा कर्णालीका उनीस ठकुरीले २ विकेट लिंदा दिवान पुन, दीपेन्द्र रावत, दिनेश अधिकारी र प्रकाश जैसीले समान १/१ विकेट लिए । कर्णालीले ४ अंक छ । ४ खेलमा मधेशको नि ४ अंक नै छ ।
च्याम्पियनसिपमा दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई रोमाञ्चक खेलमा ३ रनले हराएको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]