default_image

2 years ago

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

721 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ।

बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ।

जितको लागि १ सय २१ रनको सहज लक्ष्य बागमतीले १४.५ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर आशुतोष घिरैया र कप्तान रित गौतमले पहिलो विकेटको लागि ४९ रनको साझेदारी गरे।

आशुतोषले २० रन बनाए भने रितले ३३ रन जोडे। यसैगरी इशान पाण्डे अविजित २८ रनमा रहँदा शुभ कंसाकारले २८ रन बनाउँदा ३१ बल अगाडि नै ७ विकेटको जित हात पार्न सफल रहयो। बलिङमा अनुज चनारा, दिनेश अधिकारी र उनिश ठकुरीले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले १९.४ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै १ सय २० रनमा समेटियो।

विपिन शाही बाहेक अन्य ब्याटर क्रिजमा टिक्न सकेनन्। उनले अर्धशतकीय पारी खेल्दै ५१ रन बटुले। प्रकाश जैसीले २३ रन, मनिष थापाले १६ र हिमांशु शाहीले १५ रन बनाए। यी बाहेक अन्यले दोहोरो रन छुन सकेनन्।

कर्णालीको इनिङसलाई धरापमा पार्न गौतम नायक बने।‌ उनले ३ ओभर ४ बल बलिङ गर्दै १८ रन खर्चेर ५ विकेट लिए। रिजन ढकाल र सोनु देवकोटाले २/२ विकेट लिए।
५ खेल खेलेको बागमतीको यो चौथो जित हो। कर्णालीसँग भने ६ अंक रहेको छ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.