2 years ago
April 30, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – अनुभवी ब्याटर केन विलियमसनको कप्तानीमा न्युजिल्याण्डले वेस्ट इन्डिज र अमेरिकामा हुने आगामी आइसीसी टि-२० विश्वकपका लागि आफ्नो स्क्वाड सार्वजनिक गरेको छ । न्युजिल्याण्डले अनुभवी टोली समीकरण बनाउँदै १५-सदस्सिय टोली सार्वजनिक गरेको हो ।
अनुभवी टोलीमा विलियमसन सहित फास्ट बलिङ द्वय टिम साउदी र ट्रेन्ट बोल्ट समावेश छन् । यो विलियम्सनको लागि टि-२० विश्वकपमा छैटौं र कप्तानको रूपमा चौथो उपस्थिति हुनेछ भने साउदी सातौ पटक समावेश हुनेछन् । बोल्टको भने यो पाचौं उपस्तिथी रहनेछ ।
प्रमुख तेज बलर काइल जेमिसन र अलराउन्डर एडम मिल्ने चोटका कारण प्रतियोगिताबाट बाहिर रहनेछन् भने र विल ओ’रुर्के, टम लाथम, टिम सेफर्ट र विल जस्ता खेलाडीहरू राम्रो लयका बावजुद छनोटमा परेनन् ।
युवा खेलाडी रचिन रविन्द्रसँगै फास्ट बलर म्याट हेनरी पहिलोपटक छोटो फर्म्याटको विश्वकपका लागि छनोट भएका छन् । तीब्र गतिका बलर बेन सियर्स ट्राभलिङ रिजर्भको रूपमा अमेरिका र वेस्ट इन्डिज पुग्नेछन् ।
विश्वकपमा न्युजिल्यान्डको पहिलो खेल जुन ७ मा अफगानिस्तानसँग गयानामा हुनेछ । यस समुहमा सह-आयोजक वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनीसँग न्युजिल्याण्डको प्रतिस्पर्ध हुनेछ ।
न्यूजिल्याण्ड टोली: केन विलियम्सन (सी), फिन एलन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभोन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल स्यान्टनर, इश सोधी, टिम साउथी
वैकल्पिक: बेन सियर्स
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]