2 years ago
May 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)– जयकुमारनाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सोमबार डिएभी स्कुबलले ग्यालेक्सीलाई ५५ रनले हारएको छ ।
१ सय १८ रनको विजय लक्ष्य पछ्याएको ग्यालेक्सीले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो । ग्यालेक्सका लागि दीपेश गुप्ताले सबैभन्दा बढी ३० रन बनाए । अभय मगरले ७ र अतिफ खानले ६ रन जोडे । डिएभिएका कृतिक ज्ञवालीले २, सुब्रत मलिक र कमल शाहीले समान २ विकेट लिए ।
त्यसअघि पहिलो ब्याटिङ गरेको डिएभीले निर्धारित २०ओभरमा ७ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो । टोलीका लागि कमल शाहीले ३० बलमा सर्वाधिक ३७ रन, प्रसिद्ध जैसीले २६ रन जोडे । ग्यालेक्सीका सुजित नेपालले २, रुद्राक्ष शर्मा र अतिफ खानले समान १ विकेट लिएका थिए । डिएभीका कमल शाही प्लेयर अफ दी म्याच चुनिएका थिए ।
प्रतियोगिता काठमाडौं जिल्ला संघको आयोजनामा सन्चालन भइरहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]