default_image

2 years ago

May 12, 2024

ललितपुर मेयर्स-११ को सुदुरपश्चिम विरुद्ध हार 

698 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – शनिवार भएको पहिलो खेलमा विजयी सुरुवात गरेको ललितपुर मेयर्स-११ ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा दोस्रो खेलमा भने पराजित भएको छ । वर्षाले प्रभावित खेलमा ललितपुर सुदुरपश्चिम प्रदेश विरुद्ध डकवर्थ-लुइस-स्टाइन पद्दतिका आधारमा १६ रनले पराजित भएको हो ।   

सुदुरपश्चिम प्रदेशले दिएको १२३ रनको लक्ष्य पछ्याएको ललितपुरले ११ ओभरमा २ विकेटको क्षतिमा ४५ रन बनाएको अवस्थामा वर्षाले खेल प्रभावित भएको थियो । त्यसपछि भने लगतार वर्षाका कारण खेल सुचारु हुन नसकेपछि ललितपुर पराजित हुन पुग्यो । 

डकवर्थ-लुइस-स्टाइन पद्दतिका अनुसार ११ ओभरमा ललितपुरका लागि लक्ष्य ६२ रन रहेको थियो । तर ललितपुरले ४५ रन बनाउँदा खेल पुनः सुरु हुन नसकेपछि ललितपुर पराजित हुन पुग्यो । ललितपुरका कप्तान पुजा महतो १४ र सरस्वति जिएम १२ रनमा अविजित रहे । ओपनरद्वय लक्ष्मी चौधरी र सना प्रभिन क्रमशः १० र ६ रन बनाएर आउट भएका थिए ।

सुदुरका जानकी थापा र ऋतु कनोउजियाले समान १-१ विकेट लिएका थिए ।     

टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा क्षतिमा १ सय २२ रन जोड्यो । सुदुरका लागि कप्तान बिन्दी रावलले २८ बलमा ३ चौका सहित सर्वाधिक ३० रन बनाइन् । यस्तै कविता जोशीले २० बलमा २ छक्का प्रहार गर्दै २५ रनमा अविजित रहिन् ।

सावित्री धामीले १७, लक्ष्मी साउदले १५ तथा सम्झना खड्काले १३ रनको योगदान गरिन् ।  

ललितपुर मेयर्स कपमा आज दिनको १:३० बजे नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्ने तालिका रहेको छ ।  

प्रतियोगितामा ५ टोलीले सिंगल राउण्ड रोबिनमा खेल्नेछन् । शीर्ष २ टोलीले अर्को शनिबार हुने फाइनलमा खेल्नेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.