2 years ago
May 13, 2024
काठमाडौँ (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेशले तेस्रो संस्करणको ललितपुर मेयर्स कप २०८१ महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । कोशीलाई लगातार दोस्रो हार चखाउने क्रममा सुदुरले १९ रनको जित दर्ता गर्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिम प्रदेशले सम्झना खड्काको अर्धशतकीय इनिङको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११२ रन जोड्यो । सम्झनाले ५१ बलमा ४ चौकासहित ५४ रन बनाउन सफल रहिन् । सम्झनाले प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेकी थिइन् ।
यस्तै ऋतु कनोउजियाले ३५ बलमा २३ रन जोडिन् भने कप्तान बिन्दु रावलले १४ बलमा २ चौका सहित १४ रन नै बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन् ।

कोशीका लागि सबनम राई, हिरणमाए रोय र संगिता राईले समान २-२ विकेट लिए । यस्तै एलिशा खडियाले एक विकेट लिन सफल भइन् ।
जवाफमा कोशी प्रदेशले २० ओभर खेल्दै ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । कोशीकी ओपनर काजल श्रेष्ठले ४० बल खेल्दै २ चौका प्रहार गर्दै ३३ रन जोडिन् । यस्तै कप्तान अप्सरी बेगमले ३४ बलमा ३ चौका सहित २३ रन बनाइन् । अन्य ब्याटरले भने दोहोरो अंक पुर्याउन सकेनन् ।
सुदुरपश्चिमका लागि ऋतु कनोउजिया, लक्ष्मी साउद, जानकी थापा र बिन्दु रावलले समान १-१ विकेट लिए ।
सुदुरले हिजो भएको पहिलो खेलमा आयोजक ललितपुर मेयर्स-११ लाई पराजित गरेको थियो । कोशीले भने एपिएफ विरुद्ध पराजय भोगेको थियो ।
प्रतियोगितामा मंगलवार कुनै खेल रहेका छैनन् भने बुधवार दुई खेल हुँदै छन् । ९:३० बजे हुने खेलमा ललितपुरले एपिएफविरुद्ध खेल्नेछ भने दिनको १:३० बजे बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्नेछ ।
सिंगल राउन्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा २ टोलीले उपाधिको लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]