default_image

3 weeks ago

May 30, 2024

सन्दिपको अमेरिका भिसा पुनः अस्वीकार

1400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले पुनः भिसा दिन अस्वीकार गरेको छ । गत हप्ता भिसा अस्वीकार गरेको अमेरिकी दूतावासले आज अन्तरवार्तामा बोलाएपनि फेरी पनि भिसा दिएन ।

दोस्रो पटक समेत भिसा अस्वीकार भएपछि सन्दिपले टि-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपालले जुने ४ मा नेदरल्याण्ड्स विरुद्ध पहिलो खेल खेल्दैछ ।

काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।

सफाइ पाएलगत्तै क्यानले उनीमाथिको निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको थियो ।

विश्वकप खेल्नका लागि सन्दीपको नाम प्रारम्भिक सुचिमा नरहेका कारण क्यानले आइसीसीसँग छलफल गरेको थियो । छलफलबाट सकारात्मक जवाफ आएको व्यहोरा समेत क्यानले जानकारी दिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट सन्दीपको नाम नेपालको विश्वकप खेल्ने टोलीमा समावेश गर्न सकारात्मक जवाफ आएसँगै उनले विश्वकप खेल्ने बाटो खुलेको थियो ।

June 23, 2024

इङ्ल्यान्ड टि ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – अमेरिका विरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आइसिसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले आइतबार अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको १ सय १६ रनको लक्ष्य इङ्ल्यान्डले ९.४ ओभरमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस […]

June 23, 2024

अष्ट्रेलियाविरुद्ध अफगानिस्तानको पहिलो जित

एजेन्सी – अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो । अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट […]

June 22, 2024

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै नजिक पुगेको हो । आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता […]

Success

Thank you for your time.