default_image

2 years ago

June 8, 2024

बंगलादेशसँग श्रीलंकाको हार

2710 views

0 Bookmark

डालास (हाम्रो खेलकुद)- नेपाल‌ रहेको टि ट्वान्टी विश्वकपको समूहमा शुक्रबार बंगलादेशले श्रीलंकालाई २ विकेटले हराएको छ ।

१ सय २५ रनको लक्ष्य पछ्याएको बंगलादेशले १ ओभर बाँकी रहँदा ८ विकेट गुमाउँदै जित हासिल गरेको थियो।

एक समय २८ रनमा ३ विकेट गुमाइसकेको बंगलादेशका‌ लागि टोहिड हृदोयले २० बलमा ३ छक्का र १ चौकासहित ४० रन बनाएपछि टोली जिततर्फ उन्मुख भएको थियो। लिटन दासले ३६ र ‌जोडे । मोहमुदुल्लाले नटआउट १६ रन बनाए ।

श्रीलंकाका नुआन थासराले ४ र वानिन्दु हसरंगाले २ विकेटले लिए । डालस स्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंकाले २० ओभरका ९ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो।

श्रीलंकाका ओपनर पाथुम निसांकाले २८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र  एन्जिलो म्याथ्युजले  १६ रन जोडे ।

कुशल मेन्डिस १०, कामिन्दु मेन्डिस ४, धनन्जय डि सिल्भा २१, चरिथ असलंका १९ र दासुन शानकाले ३ रन बनाए ।

श्रीलंका एक समय ८.४ ओभरमा ७० रनमा २ विकेट मात्र गुमाएको थियो । मुश्ताफिजुर रहमानले पाथुम निसांकालाई आउट गरेपछि श्रीलंकाले खुलेर खेल्न सकेन ।

बंगलादेशका लेग स्पिनर रिसाद हसन र मुश्ताफिजुर रहमानले समान ३,तस्किन अहमदले २ र तान्जिम हसन सकिबले १ विकेट लिए ।

समूह डीमा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो।

दक्षिण अफ्रिका,नेदरल्याण्ड्स र बंगलादेशले १ खेल जितेका छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग ६ विकेटले गुमाएको थियो। नेपाल र श्रीलंकाबीच मंगलबार अमेरिकाको फ्लोरिडामा खेल हुनेछ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.