default_image

2 years ago

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

1181 views

0 Bookmark

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो ।

नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो । सुरुवात देखि नै रनरेटमा दबाब बनाएको नेपालका लागि स्पिनरहरुले सबै ७ विकेट निकालेका थिए । ६ मध्य ४ विकेट कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी ३ विकेट लिए ।

कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्रलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए । चौथो ओभरमा दीपेन्द्रले क्विन्टन डि ककलाई कट एण्ड बोल्ड आउट गर्दै नेपालका लागि पहिलो सफलता दिलाए । डि ककले ११ बल खेल्दै १० रन बनाए ।

दोस्रो विकेटका लागि नेपालले १२औं ओभर कुर्नु परेको थियो । तर नेपालले दबाब भने लगातार बनाइरहेको थियो ।

नेपालका लागि दोस्रो विकेट कुशलले दिलाएका थिए । दक्षिण अफ्रिकाका कप्तान एइडन मार्क्रम २२ बलमा १५ रन बनाएर इन्साइड एज सहित बोल्ड भएका थिए ।

१४औं ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । हेनरिक क्लासेन ५ बलमा ३ रन बनाएर करन केसीद्वारा क्याच आउट भएका थिए ।

१६औं ओभरमा दीपेन्द्रले नेपालका लागि चौथो विकेट लिए । क्रिजमा डटेर रहेका ओपनिङ ब्याटर रिजा हेन्ड्रीक्सलाई उनले कट एण्ड बोल्ड नै गराएका थिए । हेन्ड्रीक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए ।

अन्तिम ओभरमा विष्फोटक ब्याटिङका लागि चिनिएका डेविड मिलरलाई पनि दीपेन्द्रले आउट गरे । १८औं ओभरको तेस्रो बलमा मिलर १० बलमा ७ रन बनाएको अवस्थामा सन्दिप लामिछाने क्याच आउट भए ।

अन्तिम ओभरमा कुशलले मार्को यानसनलाई लङ अनमा १ रन बनाएको अवस्थामा क्याच आउट गराए । अन्तिम बलमा कागीशो रबाडालाई उनले स्टम्प आउट गराए।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चिएर ३ विकेट लिए ।

सन्दिप लामिछानेले ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए । अविनाश बोहोराले ३ ओभरमा १९ रन मात्र दिए । कुशल मल्ले २ ओभरमा १७ रन दिए । एक ओभर मात्र बलिङ गरेका करनले ९ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १ मेडन सहित ६ रन दिए ।

दुई फरक परिस्थितिका साथ नेपालले सिनियर क्रिकेटमा पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दैछ । यसअघिका सबै ३ खेल जित्दै ६ अंकका साथ दक्षिण अफ्रिका विश्व कपको सुपर एटमा पुग्नेछ ।

अर्कोतर्फ नेपालले अमेरिकाको डालासमा भएको पहिलो खेलमा नेदरल्यान्ड्सँग ६ विकेटको हारबाट विश्व कपको यात्रा सुरु गरेको थियो । अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ ।

दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.