1 year ago
June 23, 2024
एजेन्सी – अष्ट्रेलिया माथि सानदार जित दर्ता गर्दै अफगानिस्तानले आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । आफ्नो इतिहासमा अष्ट्रेलिया विरुद्ध पहिलो जित दर्ता गर्ने क्रममा अफगानिस्तानले शनिबार २१ रनको जित हासिल गरेको हो ।
अफगानिस्तानको जित पछि सुपर एट समूह १ बाट सेमिफाइनल पुग्ने दौड रोचक बनेको छ । भारतको २ खेलबाट ४ अंक छ । अफगानिस्तान र अष्ट्रेलियाको समान २ अंक र बंगलादेश अंकविहिन छ ।
अन्तिम खेलहरुमा भारतले अष्ट्रेलिया र अफगानिस्तानले बंगलादेशको सामना गर्नेछन् । अफगानिस्तानले आफ्नो खेलमा जित दर्ता गर्न सकेमा एक टोलीसँग नेट रनरेटको प्रतिस्पर्धा रहनेछ ।
सेन्ट भिन्सेन्टमा भएको खेलमा अष्ट्रेलिया १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा ४ बल बाँकी छँदै १ सय २७ रनमा समेटियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४१ बलमा ५९ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । मिचेल मार्सको १२ रन नै दोस्रो ठूलो स्कोर बन्न पुग्यो ।
अफगानिस्तानको जितमा गुलबदिन नैवले ४ विकेट लिए । नभिन उल हकले ३ तथा ओमारजाई, मोहम्मद नबी र राशिद खानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४८ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ४९ बलमा ६० रन बनाए । इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको इनिङ खेले ।
अष्ट्रेलियाका प्याट कमिंसले ह्याट्रिक सहित ३ विकेट लिए । उनको यो लगातार दोस्रो खेलमा ह्याट्रिक रहेको हो। टि ट्वान्टी विश्वकपमा दुई ह्याट्रिक लिने उनी पहिलो बलर बनेका छन् । एडम जाम्पाले २ विकेट लिए भने १ विकेट मार्कस स्टोइनिसको नाममा रह्यो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]