1 year ago
June 25, 2024
एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।
समूह १ मा भारत ३ खेलमा ६ अंक सहित अन्तिम चारमा पुगेको हो । अष्ट्रेलियाको ३ खेलमा २ अंक छ । अफगानिस्तानको पनि २ खेलमा २ अंक छ भने बंगलादेश अंकविहिन छ ।
अफगानिस्तानले बंगलादेशमाथि जित हासिल गरे समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्नेछ । अफगानिस्तानले हार बेहोरेमा अष्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान २ अंक रहनेछ भने नेट रनरेटका आधारमा समूहमा दोस्रो हुने टोलीको निर्धारण हुनेछ ।
सेन्ट लुसियामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले रोहित शर्माको विष्फोटक इनिङ्को मद्दतमा ५ विकेटको क्षतिमा २ सय ५ रन जोडेको थियो । रोहितले ४१ बलमा ७ चौका र ८ छक्का प्रहार गर्दै ९२ रन बनाएका थिए । यस्तै भारतका लागि सुर्यकुमार यादवले ३१, शिभम दुबेले २८, हार्दिक पान्ड्याले २७ तथा ऋषभ पन्तले १५ रन बनाएका थिए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोईनिसले २-२ तथा जोश हेजलवुडले १ विकेट लिएका थिए ।
जवाफमा अष्ट्रेलियाले ७ विकेटको क्षतिमा १ सय ९१ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले ४३ बलमा ९ चौका र ४ छक्का सहित ७६ रन बनाएपनि टोलीलाई पार लगाउन सकेनन् । १७औं ओभरमा उनको विकेटपछि भारत जिततर्फ लम्किएको थियो ।
यस्तै मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २० तथा टिम डेविडले १५ रन बनाएका थिए ।
भारतका अर्शदिप सिंहले ३, कुलदीप यादवले २ तथा जस्पृत बुम्राह र अक्षर पटेलले १-१ विकेट लिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]