default_image

1 year ago

June 27, 2024

अफगानिस्तानले‌ पहिले ब्याटिङ गर्ने

922 views

0 Bookmark

एजेन्सी – पहिलो पटक आइसीसी टि‌ ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ ।

दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।
भारतसँग पराजित भएको अफगानिस्तान अष्ट्रेलिया र बंगलादेशलाई  हराउँदै  इतिहासमा पहिलो पटक  सेमिफाइनलमा पुगेको  हो ।

अफगानिस्तान सुपर-८ को समूह १ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको‌ हो । दक्षिण अफ्रिका यसअघि सन् २००९ र २०१४ को टि ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको थियो।  यस पटक समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका  सेमिफाइनलमा पुगेको हो ।

जारी विश्वकप दक्षिण अफ्रिका र भारत मात्र ७ खेलमा अपराजित छन् । भारतले शुक्रबार दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ।

दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो । सुपर-८ को समूह २ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा पुगेको हो  ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म भएका टि ट्वान्टी आईका दुबै खेल  दक्षिण अफ्रिकाले जितेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.