default_image

1 year ago

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

6847 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन
क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् ।

चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टि ट्वान्टी अन्तराष्ट्रियमा १ सय विकेट लिएको अवसर पार्दै सन्दीपलाई सम्मान गरिएको सेन्ट्रल कलेजका प्राचार्य यज्ञविलास पौडेल (वाईबी) ले बताए ।‌ सन्दीपले क्रिकेटको माध्यमबाट देशलाई अतुलनिय योगदान गरेको पौडेलको भनाइ थियो । 

सन्दीपले आफ्नो सुरुवाती दिन स्मरण गरेका थिए । उनले नारायणगढको क्याम्पाचौरस्थित नेटमा अभ्यास गर्दाको दिनहरु स्मरण गर्दै आफ्नो लक्ष्यमा पुग्न कडा मेहेनतका साथ अघि बढ्न युवा खेलाडीहरुलाई सुझाव दिए । उनले सम्मानका लागि सेन्ट्रल कलेज र चितवन क्रिकेट संघलाई धन्यवाद व्यक्त गरे ।

चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले सन्दीप कडा मेहेनत र अनुशासनले आज विश्वमाझ चिनिएको उल्लेख गर्दै उनले धेरै युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गरेको बताए ।

त्यस अघि आज नै भरतपुर महानगरपालिकाले पनि सन्दीपलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा सन्दीपलाई १ लाख रुपैयाँसहित सम्मान गरे ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.