1 year ago
July 28, 2024
एजेन्सी – ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले लगातार दोस्रो हार बेहोरेको छ ।
क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा शनिबार भेनकुवरलाई बंगाल टाईगर्सले २२ रनले पराजित गर्यो ।
बंगालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन मात्र बनायो ।
भेनकुवरका लागि हर्ष ठाकरले सर्वाधिक अविजित ७९ रन बनाए । उनलेले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । डिवान प्रिटोरियसले २५ बलमा २९ रन बनाउँदा रिजा हेनरिक्सले १० रन जोडे।
नेपालका अलराउन्डर दीपेन्द्रले भने २ बलमा मात्र १ रन बनाए । सन्दीप २ रनमा अविजित रहे ।
बंगालका लागि कप्तान साकिब अल हसनले ३ तथा गुरपाल सिन्धु, डेबिड विजे र शरिफुल ईस्लामले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो ।
बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन जोडे ।
भेनकुवरका लागि सन्दीपले २ विकेट लिए । उनलेले ४ ओभरमा ३२ रन खर्चिएर २ महत्वपुर्ण विकेट लिएका थिए । लगातार दुई खेलमा पराजित भेनकुवर अंक बिहिन रहदै पाँचौ स्थानमा छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]