1 year ago
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुरस्थित टियु क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालामा रुपान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता बढाएका छन् ।
सोही क्रममा विषयमा प्रधानमन्त्री आइतवार क्यानका केही पदाधिकारी, पुर्व क्रिकेटर, वर्तमान टिमका सदस्य, क्रिकेटप्रमी कलाकारहरुलाई संयुक्त रुपमा भेटेर सल्लाह गरेका छन् ।
संयुक्त भेटघाट भएको प्रधानमन्त्री स्वयमले आफ्नो सामाजिक संजाल मार्फत जानकारी गराएका हुन्
‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साही छु,’ प्रधानमन्त्रीले आफ्नो फेसबुकमा लेखेका छन् ।
मन्त्रीपरिषदको पहिलो बैठकबाट नै टियु मैदानलाई ३ सय दिनमा नै अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न बनाउँने निर्णय गराएका प्रधानमन्त्री ओलीले त्यसका लागि सक्रियता देखाइरहेका छन् ।
यसै सिलसिलामा उनले केही दिनअघि क्यान अध्यक्ष लगायतलाई पनि भेटेका थिए ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]