9 years ago
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो दृष्टिबिहिन टि ट्वान्टी विश्व कप क्रिकेट प्रतियोगितामा अर्को हार बेहोरेको छ । नेपाल मंगलबार इङ्ल्यान्डसँग ९० रनले पराजित भएको हो । प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । यस अघि अस्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंकासँग पनि पराजित नेपालले दक्षिण अफ्रिकामाथि जित हासिल गरेको थियो ।

विश्वकपमा इङ्ल्यान्डसँग नेपालको यो दोस्रो हार हो । यस अघि सन् २०१२ को पहिलो टि ट्वान्टी विश्वकपमा नेपाल १० विकेटले पराजित भएको थियो । बेङ्लोरको अलुर स्थित केएससिए मैदानमा टस जिती पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २ सय ३३ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाउँदै १ सय ४३ रन बननाएको थियो ।
नेपालका लागि बी वान क्याटेगोरीका सुनिल सुबेदी क्षेत्रीले ४४ बलमा ४२ रन र सुनिल थापा मगरले ३४ बलमा २ चौका साथ ३० रन बनाए । इङ्ल्यान्डका लुक सग र जस्टिन फलिनजर्सरीले नेपालको समान २ विकेट लिए । यस्तै कप्तान किर्तन श्रेष्ठ दुवालले १९ बलमा २ चौका प्रहार गर्दै २७ रन जोडे । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि इङ्ल्यान्डका लागि लुक सगले शतक पुरा गरेका थिए । ६२ बलमा ८ चौकाका साथ एक सय रन पुरा गरेका हुन् । पिटर ब्लुइटले ४३ बलमा २ चौकासहित ६० रनको योगदान गरे । उनले दुई चौका प्रहार गरेका छन् । नेपालका पदम बडइलाले २ तथासुनिल थापा मगरले १ विकेट लिए ।
हारपछि नेपाली टोलीका प्रशिक्षक रीजन प्रजुले भने ‘बलिङ र फिल्डिङमा सुधार भयो ।सुरुवातका राम्रा ब्याट्सम्यानलाई सस्तैमा आउट गर्न सफल भए पनि त्यसपछिका ब्याट्सम्यानले इङ्ल्यान्डलाई राम्रो योगफलमा पु¥याए ।’

December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]