default_image

1 year ago

August 25, 2024

श्रीलंकामाथि इंग्ल्यान्डको जित

299 views

0 Bookmark

एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका पहिलो टेस्टमा घरेलु टोलीसँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा इंग्ल्यान्डले ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २ सय ५ रनको लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीको जितमा जो रुटले नट आउट रहँदै सर्वाधिक ६२ रन बनाए । जेमी स्मिथले ३९, डेन लरेन्सले ३४, ह्यारि ब्रुकले ३२, बेन डकेटले ११ तथा क्रिस वोक्सले नट आउट ११ रन बनाए ।

पाहुना टोलीका लागि भने आसिथा फर्नान्डो र प्रभात जयसुर्याले समान २-२ तथा मिलन रत्नायकेले १ विकेट लिए ।

पहिलो इनिङमा १ सय २२ रनले पछि परेको पाहुना टोलीले दोस्रो इनिङमा अल आउट हुँदै ३ सय २६ रन जोड्यो । पाहुना टोलीका लागि कमिन्डु मेन्डिसले १ सय १३ रनको शतकिय इनिङ खेले । दिनेश चण्डिमल ७९, एन्जेलो म्याथ्युजले ६५, ओपनर दिमुथ करुणारत्नेले २७, कप्तान धनन्जय डि सिल्भाले ११ तथा मिलन रत्नायकेले १० रन जोडेका थिए ।

घरेलु टोलीका क्रिस वोक्सले २, जोय रुट, म्याथ्यु पोट, मार्कवुड र गस एटकिन्सनले समान १ विकेट लिए ।

इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो । पहिलो इनिङमा इङ्ल्यान्डका जेमी स्मिथले टेस्ट करियरको पहिलो शतक बनाउने क्रममा १ सय ४८ बलमा १ सय ११ रन जोडेका थिए । ह्यारी ब्रुकले ५६, जोय रुटले ४२, ड्यान लरेन्स ३०, मार्क वुडले २२, गस एटकिन्सनले २० तथा बेन डुकेट १८ रन जोडेका थिए ।

श्रीलंकाका आसिथा फर्नान्डोले ४, प्रबात जयसुर्याले ३ तथा विश्व फर्नान्डाले २ विकेट लिए ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली २ सय ३६ रनमा अल आउट भएको थियो । श्रीलंकाको पहिलो इनिङमा कप्तान धनन्जय डि सिल्भाले सर्वाधिक ७४ रन जोडेका‌ थिए।

यसै खेलबाट टेस्ट डेब्यु गरेका मिलन रत्नायकेले ७२, कुशल मेन्डिसले २४ रन जोडे । दिनेश चन्डिमलले १७, विश्वा फर्नान्डोले १३, कमिन्डु मेन्डिसले १२ र प्रभात जयसुर्याले १० रन जोडे ।

घरेलु टोलीका लागि शोयब बसिर र क्रिस वोक्सले समान ३ तथा गस एटकिन्सनले २ विकेट लिएका थिए । दोस्रो टेस्ट आगमी विहीबारबाट सुरू छ । तेस्रो तथा अन्तिम टेस्ट ६ सेप्टेम्बरबाट हुनेछ ।

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

December 4, 2025

साहब एनपिएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं गोर्खाजका साहब अलाम नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा ह्याट्रिक विकेट लिने पहिलो बलर बनेका छन्। पोखरा एभेन्जर्स विरुद्धको खेलमा आज साहबले ह्याट्रिक सहित ६ विकेटको सफलता प्राप्त गरे। काठमाडौं १ सय ६५ रन डिफेन्ड गर्न उत्रदा साहबले जेसन रोयलाई बोल्ड आउट गर्दै आफ्नो पहिलो विकेट लिए। उनी पोखराको दोस्रो […]

Success

Thank you for your time.