1 year ago
August 25, 2024
एजेन्सी – तीन खेलको टेस्ट सिरिजका लागि इंग्ल्यान्ड भ्रमणमा रहेको श्रीलंका पहिलो टेस्टमा घरेलु टोलीसँग पराजित भएको छ ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा इंग्ल्यान्डले ५ विकेटको जित दर्ता गरेको हो । श्रीलंकाले दिएको २ सय ५ रनको लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीको जितमा जो रुटले नट आउट रहँदै सर्वाधिक ६२ रन बनाए । जेमी स्मिथले ३९, डेन लरेन्सले ३४, ह्यारि ब्रुकले ३२, बेन डकेटले ११ तथा क्रिस वोक्सले नट आउट ११ रन बनाए ।
पाहुना टोलीका लागि भने आसिथा फर्नान्डो र प्रभात जयसुर्याले समान २-२ तथा मिलन रत्नायकेले १ विकेट लिए ।
पहिलो इनिङमा १ सय २२ रनले पछि परेको पाहुना टोलीले दोस्रो इनिङमा अल आउट हुँदै ३ सय २६ रन जोड्यो । पाहुना टोलीका लागि कमिन्डु मेन्डिसले १ सय १३ रनको शतकिय इनिङ खेले । दिनेश चण्डिमल ७९, एन्जेलो म्याथ्युजले ६५, ओपनर दिमुथ करुणारत्नेले २७, कप्तान धनन्जय डि सिल्भाले ११ तथा मिलन रत्नायकेले १० रन जोडेका थिए ।
घरेलु टोलीका क्रिस वोक्सले २, जोय रुट, म्याथ्यु पोट, मार्कवुड र गस एटकिन्सनले समान १ विकेट लिए ।
इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो । पहिलो इनिङमा इङ्ल्यान्डका जेमी स्मिथले टेस्ट करियरको पहिलो शतक बनाउने क्रममा १ सय ४८ बलमा १ सय ११ रन जोडेका थिए । ह्यारी ब्रुकले ५६, जोय रुटले ४२, ड्यान लरेन्स ३०, मार्क वुडले २२, गस एटकिन्सनले २० तथा बेन डुकेट १८ रन जोडेका थिए ।
श्रीलंकाका आसिथा फर्नान्डोले ४, प्रबात जयसुर्याले ३ तथा विश्व फर्नान्डाले २ विकेट लिए ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको पाहुना टोली २ सय ३६ रनमा अल आउट भएको थियो । श्रीलंकाको पहिलो इनिङमा कप्तान धनन्जय डि सिल्भाले सर्वाधिक ७४ रन जोडेका थिए।
यसै खेलबाट टेस्ट डेब्यु गरेका मिलन रत्नायकेले ७२, कुशल मेन्डिसले २४ रन जोडे । दिनेश चन्डिमलले १७, विश्वा फर्नान्डोले १३, कमिन्डु मेन्डिसले १२ र प्रभात जयसुर्याले १० रन जोडे ।
घरेलु टोलीका लागि शोयब बसिर र क्रिस वोक्सले समान ३ तथा गस एटकिन्सनले २ विकेट लिएका थिए । दोस्रो टेस्ट आगमी विहीबारबाट सुरू छ । तेस्रो तथा अन्तिम टेस्ट ६ सेप्टेम्बरबाट हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]