2 weeks ago
August 28, 2024
एजेन्सी – इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मलानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास को घोषणा गरेका छन् । मलानले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् ।
३७ वर्षिय मलानले २२ टेस्ट, ३० ओडिआई र ६२ टि ट्वान्टी आई खेलेका छन् । उनले ४ हजार ४ सय १६ अन्तर्राष्ट्रिय रन बनाएका छन् ।
मलानले इंग्ल्यान्डका लागि तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा शतक बनाएका छन् । यो सफलता उनी बाहेक जस बटलरले मात्र प्राप्त गरेका छन् ।
गत वर्ष भारतमा भएको ओडिआई विश्वकप पछि मलानले इंग्ल्यान्डको टोलीमा स्थान बनाएका थिएनन् । मलानले टि ट्वान्टी आईको ब्याटर वरियतामा शीर्ष स्थान समेत लिएका थिए ।
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी विश्वकप लिग टु अन्तर्गत नेपालले अमेरिकामा खेल्ने त्रिकोणात्मक ओडिआई सिरिजको खेलतालिका सार्वजनिक भएको छ । तालिकाअनुसार सिरिज कात्तिक ९ देखि १९ गतेसम्म आयोजना हुनेछ । सिरिजमा नेपाल र अमेरिका सहित स्कटल्यान्डको पनि सहभागिता रहने छ । सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी मध्येका एक सोमपाल कामीलेकेही वर्षमा भारत र नेपालको क्रिकेट समान स्तरमा आउन सम्भव रहेको बताएका छन् । क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको लागि त्यसतर्फ जानुअघि सोमपालले भारतको बेंगलोरमा राखेको जस्तो क्याम्प निरन्तर भएमा केही वर्षमा नेपाली क्रिकेट भारतको स्तरमा पुग्ने विश्वास व्यक्त गरे […]
September 12, 2024
एजेन्सी – अस्ट्रेलियाले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली इङ्ल्यान्डलाई २८ रनले पराजित गरेको छ । अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । १ सय ८० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले १९.२ ओभरमा १ सय ५१ रन बनाउँदै अल आउट भयो । घरेलु टोलीका लागि लियम लिविगंस्टोनले सर्वाधिक ३७, ओपनर तथा कप्तान फिल […]