1 year ago
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा टस हारेको छ।
श्रीलंका डेभलभमेन्ट ११ सँगको अभ्यास खेलमा नेपालका कप्तान सोमपाल कामीले टस हारेर ब्याटिङको निम्तो पाएका हुन् । डेभलभमेन्टसँगको पहिलो र दोस्रो अभ्यास खेल भारी वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो ।
१६ सेप्टेम्बरबाट क्यानडामा हुने विश्वकप लिग टुको अन्तिम तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।
नियमित कप्तान रोहित पौडेलको अनुपस्थितिमा सोमपाल कामीले नेपालको कप्तानी गर्दैछन् । रोहित र दीपेन्द्र सिंह ऐरी हाल क्यानडा छन्।
देव खनाल, सन्दीप लामिछाने, रिजन ढकाल, भीम सार्की र अर्जुन साउद पनि यो खेलमा खेल्ने छैनन् । उनीहरु अमेरिकाको भिसा प्रक्रियाका लागि नेपालमै रहेका छन् ।
नेपाली क्रिकेट टोली
आसिफ सेख, अनिल कुमार साह, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण के सी, गुलशन झा, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]