1 year ago
September 9, 2024
एजेन्सी – इङ्ग्ल्यान्डसँगको तेस्रो टेस्टमा श्रीलंका जित नजिक पुगेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ग्ल्यान्ड भ्रमणमा रहेको छ ।
तेस्रो दिन आइतवारको खेल सकिदा पाहुना टोली जितबाट १ सय २५ रन टाढा रहेको छ । टोलीसँग अझै ९ विकेट सुरक्षित छ । घरेलु टोलीले जितका लागि २ सय १९ रनको लक्ष्य दिएको छ ।
पहिलो इनिङमा ६२ रनको अग्रता लिएको इङ्ग्ल्यान्डले दोस्रो इनिङमा १ सय ५६ रन मात्र थप्न सक्यो । टोलीका लागि जेम स्मिथले सर्वाधिक ६७ रन जोड्दा ड्यान लरेन्सले ४५, जो रुटले १२ तथा ओली स्टोनले १० रन बनाए ।
इङ्ग्ल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाहुना टोलीका लागि लाहिरु कुमाराले ४, विष्व फर्नान्डोले ३ तथा अशिथा फर्नान्डोले २ विकेट लिए । श्रीलंकाले तेस्रो दिनको समाप्तीसम्म ९४ रन जोड्दा १ विकेट गुमाएको छ । पथुम निशंका र कुशल मेन्डिस नट आउट रहेका छन् ।
पहिलो इनिङमा श्रीलंकाले २ सय ६३ रन बनाएको थियो । टोलीका कप्तान धन्नजय डि सिल्भाले सर्वाधिक ६९ रन जोडे । ओपनर पथुम निशंका र कमान्डु मेन्डिस समान ६४, कुशल मेन्डिस १४, आशिथा फर्नान्डो ११ रन बनाउदै आउट भए ।
घरेलु टोलीका लागि जोस हुल र ओली स्टोनले समान ३, क्रिस वोक्सले २ तथा शोयब बसिरले १ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कप्तान ओली पोपले शतक बनाए पनि अन्य ब्याटर चल्न नसक्दा पहिलो इनिङमा ३ सय २५ रनमा अलआउट भएको थियो ।
टोलीका लागि यो सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ सय ५६ बलमा १ सय ५४ रन बनाएका थिए ।
ह्यारि ब्रुकले १९, ओपनर बेन डुकेटले ७९ बलमा ८६, जो रुटले १३ र ड्यान लरेन्सले ५, जेम स्मिथले १६ तथा ओली स्टोन १५ रनमा नट आउट रहेका थिए ।
एक समय २ सय ६१ रनमा ३ विकेट गुमाएर बलियो स्थितीमा रहेको घरेलु टोलीले बाँकी ६४ रन जोड्दा ७ विकेट गुमायो ।
श्रीलंकाका लागि मिलन रत्नायकेले ३, लाहिरु कुमारा, विष्व फर्नान्डो र धन्नजय डि सिल्भाले समान २ तथा आसिथा फर्नान्डोले १ विकेट लिए ।
घरेलु टोलीले १ खेल अगावै सिरिज जितिसकेको छ । उसले पहिलो टेस्ट ५ विकेट तथा दोस्रो टेस्ट १ सय ९० रनले जितेको थियो ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]