default_image

1 year ago

September 18, 2024

ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

4428 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानको सामना गर्दैछ

क्यानडाको किङ्ग सिटीमा हुने खेल नेपाली समय अनुसार बुधवार बेलुका ८ः४५ बजे सुरु हुनेछ । यस संस्करणको लिग टुमा नेपाल र ओमान पहिलो पटक आमने सामने हुँदैछन् ।

नेपाल यस सिरिजको आफ्नो दोस्रो खेल खेल्दैछ । नेपाल पहिलो खेलमा घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । लिग टुको इतिहासमा नेपालले बेहोरेको यो सबैभन्दा फराकिलो हार थियो । क्यानडाविरुद्धको खेलमा कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित भएको थियो ।

ब्याटरको फर्मलाई हेर्दा ओमानविरुद्धको खेलमा २ खेलाडी परिवर्तनको सम्भावना छ । ओमानविरुद्धको बुधवारको खेलमा ओपनर कुशल भुर्तेलको स्थानमा अनिल कुमार शाह तथा कुशल मल्लको स्थानमा आरिफ शेख टिममा प्रवेशको सम्भावना रहेको छ ।

यो खेलमा नेपालले २ मुख्य स्पिनर तथा २ जना नै मुख्य तीव्र गतीका बलरलाई मौका दिने सम्भावना छ । करण केसी र सोमपाल कामी मुख्य तीव्र गतीका बलरका रुपमा रहदा गुलशन झा तथा आरिफ शेखले उनीको साथ दिन सक्नेछन् ।

सन्दीप लामिछाने र ललित राजवंशीले मुख्य स्पिनरको भुमिकामा रहँदा दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले पार्ट टाईम स्पिनरको भुमिका निर्वाह गर्नेछन् ।

ओपनरमा आसिफ शेखले निरन्तरता पाउँदा अर्का ओपनरमा भने अनिलले कुशलको स्थान लिने सम्भावना छ । कुशलको पछिल्लो केही समय देखिको खराब लयका कारण ओमानसँगको खेलमा विश्रामको सम्भावना छ ।

आसिफले पनि टिमको इनिङको राम्रो सुरुवात दिने अपेक्षा रहेको छ । गएको खेलमा तीन नम्बरमा ब्याटिङ गरेका भीमले निरन्तरता पाउने छन् । चार नम्बरको ब्याटिङमा अघिल्लो खेलमा झै कप्तान रोहित पौडेल रहने छन् । शीर्ष ४ मा रहेका कम्तिमा पनि २ ब्याटरले राम्रो प्रदर्शन गरेमा टिम ठूलो योगफल तर्फ जानेछ ।

पाँचौ नम्बरमा दीपेन्द्रसिंह ऐरीले मौका पाउने छन् । उनको ओडिआईको ब्याटिङमा खास प्रदर्शन गर्न नसकेका कारण यस खेलमा मौका पाएमा यसको भरपुर सदुपयोग गर्नु पर्ने हुन्छ ।

छैटौं नम्बरमा नेपाली ओडिआईका खम्बा मानिने आरिफ शेखले गत खेलमा टिममा रहेका कुशल मल्लको स्थान लिने सम्भावना छ । आरिफको १ इनिङमा टिकेर रहने क्षमताले फिनिसरहरुलाई खुलेर ठूला सट खेल्ने मौका मिल्नेछ ।

सातौं नम्बरमा गुलसन झा रहने सम्भावना पक्का जस्तै छ । करण, सोमपाल र सन्दीपले तल्लोक्रममा जिम्मेवारीपुर्वक राम्रो ब्याटिङको क्षमता राख्दछन् । नेपालले ४ मुख्य बलर खेलाउदा पनि १० नम्बरसम्म ब्याटिङ क्रम रहने छ ।

नेपालको सम्भावित प्लेइङ-११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल(कप्तान), दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.