default_image

1 year ago

October 6, 2024

भारत र पाकिस्तान खेल्दै

896 views

0 Bookmark

एजेन्सी – युएईमा जारी महिला टि ट्वान्टी विश्वकपमा आज भारत र पाकिस्तानबीचको खेल छ । खेल दुबईमा नेपाली समय अनुसार आइतवार दिउसो ३ः४५ बजे सुरु हुनेछ।

समूह ए मा रहेका भारत र पाकिस्तान विश्वकपको दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा भारत न्युजिल्यान्डसँग पराजित हुँदा पाकिस्तानले भने श्रीलंकालाई हराएको थियो ।

भारत र पाकिस्तानबीचको पछिल्लो ५ भेटमा पाकिस्तान १ मा विजयी हुँदा भारतले ४ खेल आफ्नो पक्षमा पारेको छ ।

आजै हुने दोस्रो खेलमा स्कटल्यान्ड र वेस्ट इन्डिजबीच खेल हुदैछ । समूह बी का दुवै टोली पहिलो जित हात पार्न प्रतिस्पर्धा गर्दै छन् ।

स्कटल्यान्ड र वेस्ट इन्डिजबीचको खेल दुबईमा नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । स्कटल्यान्ड पहिलो खेलमा बंगलादेशसँग तथा वेस्ट इन्डिज दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

समूह ए मा साविक विजेता अस्ट्रेलियासहित भारत, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड छन् । समूह बी मा भने दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

Success

Thank you for your time.