default_image

1 year ago

October 7, 2024

सर्वाधिक मुल्यमा बिकेका १२ खेलाडी

6046 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) का लागि आइतवार नेपाली खेलाडी चयनका लागि अक्सन भएको छ ।

सहभागी ८ टोलीका लागि १० खेलाडीको‌ दरले अक्सनबाट ८० खेलाडीको‌ टुंगो लागेको छ। बोली लाग्दा १२ खेलाडी अक्सनको अधिकतम मुल्य १५ लाख रुपैयाँमा बिक्री भएका छन् ।

सर्वाधिक मुल्य पाउने र सबै टोलीको रोजाइमा अनिल शाह रहे । विकेट किपर अनिललाई एनपिएल अक्सनमा सहभागी सबै ८ फ्रेन्चाइज टोलीले बोली लगाए । सबै टोलीले बोली लगाउने अनिल एक मात्र खेलाडी हुन् । अन्तिममा अनिललाई लक्की ड्रमार्फत जनकपुर बोल्ट्सले पाएको थियो ।

त्यसपछि धेरै टोलीको रोजाइमा परेर अधिकतम मुल्य पाउने खेलाडीमा गुलशन झा र लोकेश बम रहे । गुलशन र लोकेशमाथि समान ७ टोलीले अक्सनमा बोली लगाए । गुलशनलाई अक्सनमा सहभागी लुम्बिनी लायन्स बाहेक सबै टोलीले बोली लगाएका थिए ।

लुम्बिनीले गुलशनको नाम आउनु अघि नै ए ग्रेडका तीन खेलाडीको कोटा पूरा भएको हुँदा बोली लगाउन पाएन । लक्की ड्र मार्फत गुलशन कर्णाली याक्समा १५ लाख रुपैयाँ अनुबन्ध भए ।

युवा विकेटकिपर तथा हिटर ब्याटर लोकेश बममाथि पनि ७ टोलीले बोली लगाएका थिए । जनकपुर बाहेक सबै टोलीले लोकेशका लागि बोली लगाएका थिए । अन्तिममा लोकेश लक्की ड्र मार्फत विराटनगर किंग्समा पुगे ।

ललित राजवंशीलाई ६ टोलीले बोली लगाएका थिए । उनी लक्कि ड्र मार्फत जनकपुर वोल्ट्समा अनुबन्ध भएका थिए । प्रतिश जिशीलाई ३ टोलीले अधिकतम मुल्यसम्म बोली लगाएका थिए । प्रतिशलाई विराटनगर किंंग्सले अनुबन्ध गराउन सफल भएको थियो । सर्वाधिक मुल्य पाउने अर्को खेलाडीमा विवेक यादव रहेका छन् । विवेकलाई ४ टोलीले अधिकतम मुल्यसम्म बोली लगाएका थिए । विवेकलाई लुम्बिनीले लक्कि ड्र मार्फत अधिकतम मुल्यमा टोलीमा समावेश गराउन सफल भयो ।

सझर्य तामाङ अधिकतम मुल्य पाउने अर्का खेलाडी हुन् । सूर्यलाई ३ टोलीले बोली लगाएका थिए । उनलाई लुम्बिनीले लक्कि ड्र मार्फत आफ्नो टोलीमा भित्राउन सफल भयो । सन्दीप जोरा अधिकतम मुल्यमा बिक्रि हुने अर्का खेलाडी हुन् । सन्दीपलाई अधिकतम मुल्यमा ३ टोलीले बोली लगाएका थिए । सन्दीप लक्कि ड्र मार्फत लुम्बिनीमा आबद्ध भए ।

साहब आलम अक्सनको अधिकतम मुल्य प्राप्त गर्ने खेलाडी हुन् । साहबलाई आफ्नो टोलीमा भित्राउन २ टोलीले अधिकतम रकम खर्च गर्न तयार भएका थिए । तर, लक्कि ड्र मार्फत सफलता पाउँदै काठमाडौं गुर्खाजले साहबलाई टोली भित्राउन सफल भएको थियो ।

अक्सनमा रहेर अधिकतम मुल्य पाउने अर्का खेलाडी सागर ढकाल हुन् । सागरलाई आफ्नो टोलीमा भित्राउन अक्सनमा सहभागी ४ टोली अधिकतम रकम खर्च गर्न तयार थिए । लक्कि ड्र मार्फत सागरलाई पोखरा एभेन्जर्सले टोलीमा भित्राउन सफल भयो ।

सर्वाधिक रकम कमाउने अर्का खेलाडीमा आरिफ शेख रहेका छन् । आरिफलाई आफ्नो टोलीमा भित्राउन ३ टोलीले अधिकतम १५ लाख खर्च गरेका थिए । लक्कि ड्र मार्फत आरिफलाई सुदूरपश्चिमले भित्राउन सफल भयो ।

सर्वाधिक रकम कमाउने अर्का खेलाडीमा भीम सार्की रहेका छन् । भीमलाई अक्सनमा सहभागी ३ टोलीले अधिकतम रकमसम्म बोली लगाएका थिए । भीमलाई लक्कि ड्र मार्फत काठमाडौं गुर्खाजले टोलीमा भित्राउन सफल भयो ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.