default_image

1 year ago

October 15, 2024

कमरानको शतक सहयोगमा पाकिस्तानको मध्यम सुरुवात

1213 views

0 Bookmark

एजेन्सी – कमरान गुलामले टेस्ट डेब्यु खेलमा नै शतक प्रहार गरेपछि पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । तीन खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्डको टोली पाकिस्तान भ्रमणमा छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा पाकिस्तानले ५ विकेट गुमाएर २ सय ५९ रन जोडेको हो । घरेलु टोलीका लागि यसै खेलमा टेस्ट डेब्यु गरेका गुलामले १ सय १८ रनको शतकीय पारी खेले । ओपनर सैयम अबुयले ७७ बनाउँदा मोहम्मद रिजवान र सलमान आगा नट आउट रहेका छन् ।

पाहुना टोलीका लागि ज्याक लिचले २ तथा ब्राइडेन कार्स, शोयब बासिर र म्याथ्यु पोटले समान १ विकेट लिए । पाहुना टोली पहिलो टेस्ट १ इनिङ र ४७ रनले जितेको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.