default_image

1 year ago

October 15, 2024

कमरानको शतक सहयोगमा पाकिस्तानको मध्यम सुरुवात

1215 views

0 Bookmark

एजेन्सी – कमरान गुलामले टेस्ट डेब्यु खेलमा नै शतक प्रहार गरेपछि पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुवात गरेको छ । तीन खेलको टेस्ट सिरिजका लागि इङ्ग्ल्यान्डको टोली पाकिस्तान भ्रमणमा छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा पाकिस्तानले ५ विकेट गुमाएर २ सय ५९ रन जोडेको हो । घरेलु टोलीका लागि यसै खेलमा टेस्ट डेब्यु गरेका गुलामले १ सय १८ रनको शतकीय पारी खेले । ओपनर सैयम अबुयले ७७ बनाउँदा मोहम्मद रिजवान र सलमान आगा नट आउट रहेका छन् ।

पाहुना टोलीका लागि ज्याक लिचले २ तथा ब्राइडेन कार्स, शोयब बासिर र म्याथ्यु पोटले समान १ विकेट लिए । पाहुना टोली पहिलो टेस्ट १ इनिङ र ४७ रनले जितेको थियो ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.