1 year ago
October 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ ।
डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ ।
दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८ रन, बलिङमा ३ विकेट तथा १ रन आउट गराएका थिए ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । घरेलु टोलीका लागि शायन जाहन्गिरले ३४ बलमा ६० रनको अर्धशतकीय इनिङ खेले । आन्द्रस गौसले २५ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाउँदै गुलशन झाको बलमा आउट भए ।
मिलान्ड कुमार २६ बलमा २२ रन बनाउँदै दीपेन्द्रको बलमा आउट भए । दीपेन्द्रलेका अलवा करण केसी, रिजन ढकाल र गुलशनले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम योगफल तयार गरेको थियो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ४९ जोडे । पाँचौ विकेटका लागि कप्तान पौडेलले दीपेन्द्रसँग मिलेर ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ऐरी सौरभ नेत्राभाल्करको बलमा आरोन जोन्सबाट समातिए । दीपेन्द्रले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन जोडे ।
नेपालको पहिलो विकेटका रुपमा ओपनर अनिलकुमार शाह आउट भएका थिए । ओपनर शाह अमेरिकाका तीव्र गतिका बलर अलि खानको शिकार बने । अनिलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ४८ रन जोडेका थिए ।
खानको बलमा अनिल एलबिडब्लु आउट भएका थिए । उनले १८ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए । एलबीडब्लु निर्णयमा विकेटकिपरले समेत अपिल नगरेको अवस्थामा अम्पायरले आउट दिएका थिए ।
अर्का ओपनर आसिफ बायाँ हाते स्पिनर हर्मित सिंहको बलमा आउट भए । उनी दशौँ ओभरको पहिलो बलमा आउट भएका थिए । आसिफले २७ बलमा २७ रन जोड्ने क्रममा ४ चौका प्रहार गरेका थिए ।
तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भएका थिए । कुशललाई अमेरिकाका बाँया हाते स्पिन बलर नोस्तुश केन्जिगेले आउट गराएका थिए । केन्जिगेको बलमा कुशल बोल्ड आउट भएका थिए । कुशल १३ बलमा १० रन बनाउँदै एघारौं ओभरको पहिलो बलमा आउट भएका थिए ।
त्यसपछि गुलशन ७ बलमा ११ रन बनाउँदै हर्मित सिंहको बलमा बोल्ड आउट भए । नेपालले पछिल्लो ८ बलमा ५ विकेट गुमाएको थियो । अमेरिकाका लागि जसदिप सिंह, सौरभ नेत्राभाल्कर र हर्मित सिंहले समान २ तथा नोस्तुश केन्जिके र अलि खानले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आइतवार बिहान रहेको छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]