default_image

1 year ago

October 24, 2024

साजिदको लय जारी रहँदा इङ्ग्ल्यान्ड कम रनमा नै समेटियो

519 views

0 Bookmark

एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा साजिद खानले आफ्नो लयलाई जारी राख्दा इङ्ग्ल्यान्ड कम रनै समेटिएको छ ।

दोस्रो टेस्टमा ९ विकेट लिएका साजिदले तेस्रो टेस्टको पहिलो इनिङमा पनि सोहि लयलाई निरन्तरता दिदा भ्रमणकारी टोलीले पहिलो इनिङमा २ सय ६७ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानको रावलपिण्डी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोली २ सय ६९ रन बनाउदै अल आउट भयो । पाहुना टोलीका लागि जेमी स्मिथले सर्वाधिक ८९, ओपनर बेन डुकेटले ५२, गस एटकिन्सनले ३९ तथा ज्याक कर्लिले २९ रन जोडे ।

पाकिस्तानका लागि साजिदले २९.२ ओभरमा १ सय २८ रन खर्चिएर ६ विकेट लिएका थिए । नोमान अलिले ३ तथा जाहिद मोहम्मदले १ विकेट लिए ।

आजै पहिलो इनिङको सुरुवात गरेको पाकिस्तानले पहिलो दिनको समाप्तीसम्म ३ विकेट गुमाएर ७३ रन जोडेको छ । दुई देशबीचको पहिलो टेस्ट भ्रमणकारी टोलीले तथा दोस्रो खेल पाकिस्तानले जितेको थियो । ३ खेलको टेस्ट सिरिज ११ को बराबरीमा छ ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.