1 year ago
October 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नरेश मेमोरियल राष्ट्रिय यु १९ क्रिकेट प्रतियेगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित हात पार्ने क्रममा सोमवार भएको बागमतीले गण्डकी प्रदेशमाथि १ सय रनले हराएको छ।
२ सय ३० रनको लक्ष्य पछ्याएको गण्डकीले ३६ ओभरमा अल आउट हुँदै हुदै १ सय २९ रन मात्र जोड्यो ।
गण्डकीका कप्तान अर्जुन कुमालले ५२ बलमा सर्वाधिक ३१, क्याब्रिन श्रेष्ठले २९, रोहत चन्दले २१ तथा सुजन गौतमले १६ रन जोडे । बागमतीका लागि दिपक सेरला र दिनेश विष्टले समान ३ तथा दयानन्द मण्डलले २ विकेट लिए ।
त्यसअघि गिरिजा प्रसाद कोइराला क्रिकेट मैदान विराटनगरमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन जोडेको थियो ।
बागमतीका नितिश कुमारले ५१ बलमा २ चौका र ३ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ५३ रन जोडे ।
कप्तान उत्तम थापाले ४०, रिनजिन लामाले ३९, रोसन विकले २६ तथा सुर्यान्शु कोइरालाले २० रन जोडे । गण्डकीका लागि किरण भट्टराईले ३ तथा सुदिप अर्याल र अपराजित पौडेलले समान १ विकेट लिए ।
बागमतीको २ अंक भएको छ । दोस्रो खेलमा पहिलो हार बेहोरेको गण्डकीको पनि २ अंक छ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]