1 year ago
October 31, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान आकाश त्रिपाटीको अलराउण्ड प्रदर्शनमा लुम्बिनी प्रदेशले विराटनगरमा जारी नरेश स्मृती यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
चौथो खेलमा जितलाई निरन्तरता दिने क्रममा लुम्बिनीले बिहओ बागमती प्रदेशलाई १ सय २ रनले हरायो ।
२ सय ७९ रनको लक्ष्य पछ्याएको बागमतीले ४४.४ ओभरमा अल आउट हुँदै १ सय ७६ रन मात्र बनाउन सक्यो ।
बागमतीका रोशन विकले ६६ बलमा ७ चौका र ३ छक्काको सहयोगमा नट आउट ७३ रन जोडे । ओपनर सुर्याशुं कोइरालाले ४७ बलमा ३२, राजेश बोहोराले २१ तथा नितिश कुमारले १३ रन जोडे ।
लुम्बिनीका कप्तान आकाश र सन्तोष यादवले समान ३ तथा महेश भार र रमेश कुर्मीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो ।
लुम्बिनीका कप्तान आकाशले ९८ बलमा ११ चौका र १ छक्काको सहयोगमा ७७ रन जोडे । सन्तोष यादवले ६१ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६३ रन बनाए । दिल्शाद अलिले ३६ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५४ तथा सेराज भगवानले २१ रन बनाए ।
बागमतीका लागि दयानन्द मण्डल र दिनेश बिष्टले समान २ तथा दिपक सेरला र रोशन विकले समान १ विकेट लिए ।
८ अंकका साथ लुम्बिनी शीर्ष स्थानमा छ । लगातार दोस्रो हारका साथ बागमती प्रदेश पाँचौ स्थानमा छ । कात्तिक २१ सम्म चल्ने प्रतियोगितामा ७ प्रदेशको सहभागिता छ । सिङ्गल राउण्ड रोविनमा हुने प्रतियोगिताको शीर्ष २ टोली फाइनल खेल्नेछन् ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]