default_image

1 year ago

November 1, 2024

नेपालद्वारा इङ्ग्ल्याण्ड पराजित

11847 views

0 Bookmark

एजेन्सी – नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पूर्व विजेता इङ्ग्ल्याण्डलाई ६ ले पराजित गरेको छ ।

९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले १२ बलमा ४ चौका र ६ छक्काको सहयोगमा ५० रनले बनाए ।

लोकेश बमले ११ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट २० रन बनाए । ५० रन बनाउँदै कप्तान सन्दीप रिटार्यट आउट भए पछि राशिद खान क्रिजमा आएका थिए । राशिद खानले ५ बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट २१ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

कप्तान रवि भोपाराले १२ बलमा १ चौका र ७ छक्कको सहयोगमा नट आउट ४९ रन जोडे । स्मिथ पटेलले १७ बलमा ३ चौका र ३ छक्काको सहयोगमा नट आउट ३९ रन बनाए ।

नेपालका प्रतिश जिसीले २ ओभरमा १८ रन खर्चिएर २ विकेट लिए । नारायण जोशी, लोकेश बम र विवेक यादवको नाममा समान १ विकेट रह्यो । समूह ‘बी’ मा अर्को टोली अस्ट्रेलिया छ । नेपालले शनिवार अस्ट्रेलियासँग खेल्नेछ।

प्रतियोगितामा सहभागी १२ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता दक्षिण अफ्रिका, न्युजिल्यान्ड र हङकङ छन् ।

समूह ‘सी’ मा भारत, पाकिस्तान र युएई तथा समूह ‘डी’ मा श्रीलंका, बंगलादेश र ओमान छन् । हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलका लागि छनोट हुनेछन् ।

प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल कात्तिक १८ गते हुनेछ । सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो । प्रतियोगिताका खेलहरुमा हरेक टोलीबाट छ खेलाडी सहभागी हुनेछन् ।

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.