1 year ago
November 2, 2024
काठमाडौं(हाम्रो खेलकुद) – विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र घरेलु टोली अमेरिकाबीचको खेल शनिवार हुँदैछ ।
खेल नेपाली समय अनुसार शनिवार बेलुका ९ः१५ बजे टेक्सासस्थित ग्राण्ड प्रेरीमा सुरु हुनेछ। सिरिजमा अर्को टोली स्कटल्याण्ड छ ।
यो सिरिजमा नेपाल दोस्रो पटक अमेरिकासँग खेल्दैछ । आइतवार सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । बुधवार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो।
नेपालले सन् २०२७ सम्म चल्ने विश्व कप लिग टुमा ९ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ । यो नेपालको तेस्रो सिरिज हो ।
नेपाल १० खेलमा २ जित, ७ हार र १ खेल रद्द हुँदा ५ अंक जोड्दै सातौं स्थानमा छ । ९ खेलमा ६ जित र ३ हार बेहोरेको अमेरिका १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।
नेपाल र अमेरिकाबीचको हेड टु हेड
नेपाल र अमेरिका हालसम्म ओडिआईमा ८ पटक आमने सामने भएका छन् । जसमा ४ खेलमा नेपालले जित हात पार्दा ३ मा पराजित भएको छ । नेपाल र अमेरिकाबीचको १ खेल भने बराबरीमा सकिएको छ ।
नेपालले घरेलु भूमीमा अमेरिकाविरुद्ध खेलेको दुई खेलमा शतप्रतिशत जित निकालेको थियो ।
अमेरिकामा भएको खेलमा नेपालले २ खेलमा हार र १ मा बराबरीको नतिजा निकालेको थियो । तथस्ट भूमीमा भएको खेलमा भने नेपालले १ मा हार र २ मा जित निकालेको थियो ।
यो सुरिजको पछिल्लो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले हराएको थियो । सो खेलमा २ सय ८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
नेपालले यो सिरिजको अन्तिम खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ ।
नेपालको टोली
आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, करण केसी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, अर्जुन साउद, देव खनाल (वैकल्पिक), सागर ढकाल (वैकल्पिक) ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]