default_image

1 year ago

November 6, 2024

विश्व कप विजेता कप्तानले लुम्बिनीबाट एनपिएल खेल्ने

4676 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – भारतका लागि सन् २०१२ को यु १९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग(एनपीएल) खेल्ने भएका छन् ।

लुम्बिनीले तेस्रो विदेशी खेलाडीको रुपमा विकेट किपर ब्याटर उन्मुक्तलाई टोलीमा अनुबन्ध गरेको बुधवार विज्ञप्ती मार्फत जनाएको छ ।

३१ वर्षिय उन्मुक्तले ९० टि ट्वान्टी खेलमा ३ शतकको सहयोगमा १ हजार ७ सय ९५ रन बनाएका छन् । भारतीय क्रिकेटबाट सन्यास लिएका उन्मुक्त हाल अमेरिकामा नै बसोबास गर्छन् ।

उन्मुक्त अमेरिकाको टोलीबाट खेल्ने अन्तिम तयारीमा रहेका छन् । उन्मुक्तले इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका विश्वका चर्चित फ्रेन्चाईज लिगको अनुभव लिईसकेका छन् ।

लुम्बिनीले यसअघि इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स र अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई टोलीमा अनुबन्ध गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले केही साता अघि मात्र मुख्य प्रशिक्षकमा नन्दन फाडनिसलाई नियुक्ती गरेको थियो । एनपिएलमा सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

विभिन्न टोलीमा आबद्ध भएका विदेशी खेलाडी यस प्रकार रहेका छन् :

पोखरा एभेन्जर्स – अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डि लिडे, वेस्ट इन्डिजका एन्डसन फिलिप र इङ्ग्ल्यान्डका म्याट क्रिचली

कर्णाली याक्स – पाकिस्तानका हुसेन तलात, हङकङका बाबर हायात र वेस्ट इन्डिजका चालडिक वाल्टन

सुदूरपश्चिम रोयल्स – स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्ताफा

लुम्बिनी लायन्स – इङ्ग्ल्यान्डका टोम मुर्स र अस्ट्रेलियाका बेन कटिङ

काठमाडौं गुर्खाज – नेदरल्यान्ड्सका माइकल लेभिट, इङ्ग्ल्यान्डका सन एस्किनान्जी र नामिबियाका जेहार्ड एरास्मस

विराटनगर किंग्स – ओमानका अकिब इल्यास, क्यानडाका निकोलस किर्तन, स्कटल्याण्डका क्रिस सोल र न्युजिल्यान्डका मार्टीन गप्टिल

जनकपुर बोल्ट्स – न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अमेरिकाका लाहिरु मिलन्था

चितवन राइनोज – मार्चन्ट डे लांग, इङ्ग्ल्यान्ड ल्यूक मार्टिन बेनकेन्स्टाइन, नामिबियाका जान लिफ्टी इटन र अफगानिस्तानका हसन इसाखिल

लुम्बिनी लायन्स टिम

रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

Success

Thank you for your time.