1 year ago
November 10, 2024
एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ ।
बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो ।
२ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट भयो ।अफगानिस्तानका रहमत शाहले ४६ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ५२ तथा सिलिकउल्लाह अतलले ५१ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे ।
गुलवदिन नैबले २५ बलमा २६, कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नावीले समान १७ तथा राशिद खानले १४ रन बनाए ।
बंगलादेशका नसुम अहमदले ३, मेहेदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान २ तथा शरिफुल इस्लाम र तस्किन अहमदले समान १ विकेट लिए ।
त्यसअघि युएईको सारजहामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रनको योगफल तयार गरेको थियो ।
बंगलादेशका लागि प्लेयर अफ द म्याच समेत भएका कप्तान नजमल हुसैन शान्तोले १ सय १९ बलमा ६ चौका र १ छक्काको सहयोगमा ७६ रन जोडेका थिए ।
जाकिर अलिले २७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३७, सौम्य सरकारले ४९ बलमा ३५, नसुम अहमदले २४ बलमा २५ तथा तान्जिद हसनले १७ बलमा २२ रन बनाएका थिए ।
अफगानिस्तानका नान्गियाल खरोटिले ३ तथा राशिद खान र अल्लाह गजान्फरले समान २ विकेट लिएका थिए ।
दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई खेल सोमवार हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]