1 year ago
November 10, 2024
एजेन्सी – बंगलादेशले अफगानिस्तानमाथि दोस्रो ओडिआईमा जित हासिल गरेको छ ।
बंगलादेशले शनिवार अफगानिस्तानमाथि ६८ रनले हराएको हो । यो नजितापछि ३ वटा ओडिआई सिरिजमा १-१ को बराबरी भएको छ । पहिलो खेलमा अफगानिस्तान ९२ रनले विजयी भएको थियो ।
२ सय ५२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा १ सय ८४ रनमा अल आउट भयो ।अफगानिस्तानका रहमत शाहले ४६ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ५२ तथा सिलिकउल्लाह अतलले ५१ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे ।
गुलवदिन नैबले २५ बलमा २६, कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नावीले समान १७ तथा राशिद खानले १४ रन बनाए ।
बंगलादेशका नसुम अहमदले ३, मेहेदी हसन मिराज र मुस्ताफिजुर रहमानले समान २ तथा शरिफुल इस्लाम र तस्किन अहमदले समान १ विकेट लिए ।
त्यसअघि युएईको सारजहामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रनको योगफल तयार गरेको थियो ।
बंगलादेशका लागि प्लेयर अफ द म्याच समेत भएका कप्तान नजमल हुसैन शान्तोले १ सय १९ बलमा ६ चौका र १ छक्काको सहयोगमा ७६ रन जोडेका थिए ।
जाकिर अलिले २७ बलमा १ चौका र ३ छक्काको सहयोगमा ३७, सौम्य सरकारले ४९ बलमा ३५, नसुम अहमदले २४ बलमा २५ तथा तान्जिद हसनले १७ बलमा २२ रन बनाएका थिए ।
अफगानिस्तानका नान्गियाल खरोटिले ३ तथा राशिद खान र अल्लाह गजान्फरले समान २ विकेट लिएका थिए ।
दुई देशबीचको तेस्रो तथा निर्णायक ओडिआई खेल सोमवार हुनेछ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]