1 year ago
November 11, 2024
एजेन्सी – विश्व कप लिग टु अन्तर्गत ओमानले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।
ओमानको मस्कटमा सोमवार भएको खेलमा ओमानले नेदरल्याण्ड्सलाई १ रनले पराजित गरेको हो ।
ओमानले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४५.३ ओभरमा १ सय ५४ रन जोड्दै अल आउट भयो । नेदरल्याण्ड्सका लागि तेजा निदामानुरुले ४३ बलमा सर्वाधिक ३४, नोह क्रसले ४४ बलमा १९, कप्तान स्कट एडवास् र टिम भान डर गुग्टेनले समान १७ तथा विक्रमजित सिंहले ३८ बलमा १६ रन जोडे ।
ओमानका लागि प्लेयर अफ द म्याच भएका आमिर कलिमले ४, शकिल अहमद र सिद्धार्थ बुक्कपथनामले समान २ तथा समय श्रीवास्तव र करन सोनाम्भलले समान १ विकेट लिए ।
त्यसअघि ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमान ४४.२ ओभरमा अल आउट हुदै १ सय ५५ रनमा समेटिएको थियो ।
ओमानका लागि कप्तान जतिन्दर सिंहले ८९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ५९ तथा आशिष आडेराले ७० बलमा ४१ रन बनाएका थिए । पहिलो विकेटका लागि दुवै ओपनरले ९४ रनको साझेदारी गर्दै विशाल योगफलको संकेत गरेपनि ६१ रन जोड्दा १० विकेट गुमाएर ओमान कम योगफलमा समेटिएको थियो ।
जय आडेराले २२ बलमा नट आउट २० तथा मुजाहिर राजाले १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेदरल्याण्ड्सका लागि कोलिन एकरमनले ४, रोलेफ भान डर मर्वेले ३ तथा कायल क्लेनले २ विकेट लिए ।
आठ राष्ट्र सहभागी लिग टुमा ओमान १२ खेलमा १४ अंकका साथ पाँचौ स्थानमा छ । लिग टु अन्तर्गतको १२ खेलेको ओमानले सुरुवाती आठ खेलमा दुईमा मात्र जित हात पारेको थियो । तर, पछिल्लो चार खेलमा शतप्रतिशत जितको नतिजा हात पारेको छ । नेदरल्याण्ड्स समान खेलमा १४ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल भने १२ खेलमै ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
२०२७ सम्म चल्ने लिग टुको शीर्ष चार टिमले विश्व कप ग्लोबल छनोटमा स्थान बनाउने छन् । पुछारका चार टोलीले भने ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]